गगन थापाद्धारा कालापानीबारे सरकारी कदमको समर्थन

२०७६ कार्तिक २१, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं  –  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता तथा पूर्व मन्त्री गगन कुमार थापाले लिपुलेक कालापानीको बारेमा आफ्नो धारणा सार्वजनिक गरेर सरकारले ठीक गरेको टिप्पणी गरेका छन् ।

बुधबार राति आफ्नो फेशबुक पेजमा एक स्टाटस लेख्दै थापाले यस्तो लेखेका छन्,”परराष्ट्रमन्त्रीज्यू लिपुलेक-कालापानीको वारेमा सरकारले धारणा सार्वजनिक गरेर ठिक गरेको छ। अव अग्रसरताको खाँचो छ। राष्ट्रिय अस्मीतासंग जोडिएको विषयमा घरभित्रका मतभेदलाई पन्छाएर हामी एकठाँउ हुनुपर्छ। प्रधानमन्त्रीज्यू फराकिलो भएर भारतको एकपक्षीय निर्णयविरुद्ध सवैलाई एकठाँउमा उभ्याउन पहल गर्नुहोस्।‬”

सरकारले आज साँझमात्रै लिपुलेक र कालापानीबारे विज्ञप्ती सार्वजनिक गर्दै आफ्नो धारणा राखेको थियो । भारत सरकारले हालै प्रकाशित गरेको नयाँ राजनीतिक नक्शाबारे नेपाल सरकारले भारतको नयाँ नक्शा मान्य नहुने स्प्ष्ट पारिसकेको छ । परराष्ट्र मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गरी भनेको छ,‘दुवै देश बीच सुल्झाउन बाँकी रहेका सीमा सम्बन्धि विषयहरु दुवै पक्षको आपसी सहमतिमा टुंग्याउनुपर्ने र एकपक्षीय ढंगबाट गरिने कुनै पनि निर्णय नेपाल सरकारलाई मान्य नहुने स्पष्ट छ ।’

भारतको नयाँ नक्शामा कालापानी क्षेत्र उसको सीमाभित्र उल्लेख गरिएपछि विरोध शुरु भएपछि सरकार बोलेको हो । सरकारले भनेको छ,‘कालापानी क्षेत्र नेपालको भूभाग हो भन्ने विषयमा नेपाल सरकार स्पष्ट छ ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार