गौरादह नगर स्वास्थ्य शाखाले भन्यो : ‘भ्रामक प्रचारको पछि नलाग्नु ‘

२०७७ असार २५, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

झापा – गौरादह नगर स्वास्थ्य शाखाले भ्रामक प्रचारको पछि नलाग्न अनुरोध गरेको छ ।

कोरोना भाइरस कोभिड-१९ को आंशकामा गौरादहबाट स्वाब परिक्षणका लागि पठाइएको रिपोर्ट नआउदै अनर्गल प्रचार हुन थालेपछि नगर स्वास्थ्य शाखाले यसमा विश्वास नगर्न अनुरोध गरेको हो ।

उसले भनेको छ- ‘गौरादह नगरपालिकाबाट असार २३ गते समुदायवाट कोरोना परिक्षणको लागि पठाएको स्वाव परिक्षणको नतिजा आइनसकेकोले अनर्गल हल्लाको विश्वास नगर्न सम्पूर्ण नगरवासीमा अनुरोध छ।’

उपचारका लागि काठमाडौंमा रहेकी गौरादह -१ कि ६८ वर्षीय महिलामा कोरोना संक्रमण पुष्टी भएपछी उनको घर आसपासको क्षेत्रबाट १०१ जनाको कोरोना परिक्षणको लागि स्वाब प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगर पठाइएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार