नेपालमा कोरोना संक्रमणको पछिल्लो अवस्था कस्तो छ ?

नेपालमा प्रत्येक दिन औसतमा पिसिआर प्रयोगशाला परीक्षण

२०७७ असार २५, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

आनुवांशिक वैज्ञानिक डा. सन्तोष दुलालले जेष्ठ ३० गते देखि असार २४ गते सम्म (२६ दिनको) नेपालमा कोभिड -१९  संक्रमणको अवस्थालाई विश्लेषण गर्नुभएको छ । 

प्रत्येक दिन औसतमा –

  • पिसिआर प्रयोगशाला परीक्षण : ५,५६५
  • कोरोना पुष्टि : ३९२ जनामा (७%)
  • निको भएका : २६४ जना (६७.३%)
  • क्वारेन्टाइन छोडने संख्या : ५,११६  ( सायद संक्रमण नदेखिएर )

नेपालमा कोरोना पोजेटिभ भएका ९९ % व्यक्तिमा संक्रमणको लक्षण देखिएको छैन । यस्तै, कोरोना संक्रमण देखिएका ९७ % केस आयातित रहेका छन्  ।

निको हुनेको दर १७.३ बाट बढेर ४७.२ प्रतिशत पुगेको छ भने ६ गुणाले क्वारेन्टाइनमा बस्ने मानिसको संख्द्रुया घटेको छ ।

आयातित व्यक्तिहरूको उचित व्यवस्थापन, सामुदायमा संक्रमण पुग्नबाट रोक्ने, साविकको भन्दा बढी शंकास्पद व्यक्तिहरुको पिसिआर परीक्षण गर्ने र २ – ३ हप्ता कडा रोकथाम उपायहरू अपनाउने हो भने नेपालमा संक्रमण घट्ने (FLAT CURVE) पुर्वनुमान गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार