भारतमा कोभिड संक्रमण निको हुने दर ६१.५३ प्रतिशत

२०७७ असार २५, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

एजेन्सी – भारतको स्वास्थ्य मन्त्रालयले भारतमा कोभिड १९ का संक्रमितहरुको निको हुने दर बढेको जानकारी दिएको छ । मन्त्रालयले भारतमा कोरोना संक्रमणबाट संक्रमितहरुको निको हुने दर बढेर ६१.५३ प्रतिशत पुगेको जानकारी दिएको छ ।

गत् २४ घन्टामा मात्र २२ हजार जनाभन्दा बढी संक्रमित भेटिएका छ । बुधबार दिइएको जानकारीमा यहाँ गएको २४ घन्टामा २२ हजार ७५२ जना संक्रमित भेटिएका हुन् । यससँगै भारतमा संक्रमितहरुको संख्या सात लाख ४२ हजार ४१७ जना पुगेका छन् ।

चार लाख ५६ हजार ८३० जना संक्रमितहरु निको भएर घर फर्किएका मन्त्रालयले जानकारी दिएको छ । अझै पनि भारतमा दुई लाख ६४ हजार ९४४ जना संक्रमितहरु अहिले रहेका छन् । उनीहरु मध्ये कतिपय अस्पताल त केही आफ्नै घरमा आइसोलेसनमा पनि रहेका छन् ।

२० हजार ६४२ संक्रमितको निधन भएको छ । गएको २४ घन्टामा मात्र ४८२ जनाको ज्यान गएको बताइएको छ । भारतमा कोभिड १९ को संख्या हेर्दा करिब ६१.५३ प्रतिशत निको भएर घर फर्किएको देखिएको छ । यो संख्या पहिलेको तुलनामा बढ्दै गएको पनि सो मन्त्रालयले दिएको तथ्यांकमा उल्लेख गरिएको छ ।

मन्त्रालयले निको हुने दर हरेक दिन बढ्दै गएको जनाएको छ । साथै पछिल्ला दिनहरुमा परीक्षणको संख्या पनि मन्त्रालयले बढाउँदै लगेको सो मन्त्रालयले जनाएको छ । साथै मन्त्रालयले सबैभन्दा बढी प्रभावित राज्यका रुपमा महाराष्ट्र नै अगाडि रहेको पनि बताएको छ । रासस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार