गौरादह : मृतकका परिवारलाई विरुवा

पुरा पढ्नुहोस

२०७७ असार २४, बुधबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

झापा – नेपाली काङ्ग्रेसको गौरादह वडा नम्बर १ समितिले नौलो कामको थालनी गरेको छ ।

सामान्यतया मृत्युपछी शोक परिवार कहाँ समवेदना पत्र दिने चलन छ ।

तर नेपाली काङ्ग्रेसको गौरादह- १ समितिले समवेदना पत्रका साथै विरुवा दिन सुरु गरेको छ ।

यस कार्यको अगुवाई काङ्ग्रेसका क्रियाशील सदस्य तथा गौरादह -१ का वडा सदस्य समेत रहेका कोमल ढुंगानाले गरेका हुन् ।

गौरादह- सितापुरी निवासी स्वर्गीय मनमाया देवानको परिवारलाई स्वामीको एउटा विरुवा दिएर यस कार्यको थालनी गरिएको उनले बताए ।

नेपाली काङ्ग्रेस पार्टी सरिक हुने हरेक श्रद्धाञ्जली सभामा एउटा जडीवुटीजन्य विरुवा दिईने उनले बताए ।

उनले गौरादहलाई हरित नगर बनाउने सन्दर्भमा यस्तो खालको कार्यले केहि भएपनि टेवा पुग्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार