अमेरिका विश्व स्वास्थ्य संगठनबाट औपचारिक रुपमा अलगियाे

२०७७ असार २४, बुधबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

एजेन्सी – अमेरिका विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) बाट औपचारिक रुपमा अलग भएको छ ।

ट्रम्पले डब्ल्यूएचओलाई विश्वमा फैलिएको कोरोना भाइरस रोकथाम गर्न नसकेको बरु चीनको कठपुतली बनेको आरोप लगाएका थिए ।

त्यति मात्र नभई ट्रम्पले डब्ल्युएचओबाट अलग हुनेसमेत निर्णय गरेका थिए ।

फलस्वरुप अमेरिका डब्ल्यूएचओसँग अलग भएको हाे । जसको औपचारिक जानकारी संयुक्त राष्ट्रसंघलाई समेत दिइएको छ । तरपनि यो प्रक्रिया पूरा हुन कम्तीमा एक वर्षको समय लाग्ने बताइएको छ ।

ट्रम्पको आरोप र सम्बध तोड्ने धम्कीबाबीच विश्व स्वास्थ्य संगठनका महानिर्देशक डाक्टर टेड्रस एडनहोनम गेब्रियेससले यस्तो समयमा अमेरिकाको सहयोग अधिक चाहिने हुनाले सम्बन्ध जोगाइराख्न अपिल गरेका थिए ।

तर राष्ट्रपति ट्रम्प आफ्नो निर्णयमा परिवर्तन नगर्ने अडामा रहे । उता अमेरिकी सरकारको विपक्षी दलले भने ट्रम्पको यो कदम जनताको हित विपरित भएको टिप्पणी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार