साझा पार्टीबाट धरान मेयरमा राजनकुमार श्रेष्ठको उम्मेदवारी

२०७६ कार्तिक २०, बुधबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

धरान – साझा पार्टीले धरानका सामाजिक अभियन्ता राजनकुमार श्रेष्ठलाई पार्टीका तर्फबाट धरान उपमहानगरपालिकाको उम्मेदवार बनाउने निर्णय गरेको छ । विगत लामो समयदेखि सामाजिक र राजनीतिक अभियन्ताको रूपमा सक्रिय श्रेष्ठ धरान उपमहानगरपालिकाका बासिन्दा हुन् ।

श्रेष्ठले आफू निर्वाचित भएको खण्डमा धरान उपमहानगरपालिकाभित्र खानेपानीको समस्या दिर्घकालीन रूपमा समाधान गर्ने, बसपार्कको उचित व्यवस्थापन गर्ने र स्थानीय सरकारमातहतमा रहेको सर्दु जलाधार संरक्षणका लागि आवश्यक पहलकदमी लिने बताएका छन् ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई व्यवस्थित तथा सुविधायुक्त बनाउन पहल गर्ने पनि श्रेष्ठले प्रतिवद्धता जनाएका छन् । साझा पार्टीले यस अघि कास्कीको निर्वाचन क्षेत्र नं. २, भक्तपुर क्षेत्र नं. १ को प्रदेश (क ) र दाङ क्षेत्र नं. ३ को प्रदेश (ख)मा उम्मेदवार घोषणा गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार