के गौरादहमा समुदाय स्तरमा कोरोना भाइरस फैलिसकेको हो ?

अनुसन्धान बैज्ञानिक डा. सन्तोष दुलालका अनुसार अहिले

२०७७ असार २३, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

झापा – गौरादहमा भारत तथा खाडी मुलुकबाट फर्किएकामा मात्र कोरोना संक्रमण देखिदै आएको थियो ।

सोमबार भेटिएकी ६८ वर्षीय महिला ११ दिन अघिसम्म गौरादहमै रहेका कारण यतिबेला कोरोना भाइरस समुदाय स्तरमा फैलिएको आशंका गर्न थालिएको छ ।

यो पनि पढ्नुहोस :

घाँटीको समस्याले असार ११ गते सुरुमा बिर्तामोडको बी एण्ड सी हस्पिटलमा गएको र त्यहाँबाट पूनः बिर्तामोडकै निलकण्ठ डाइग्नोस्टिक सेन्टर गएकी थिइन् उनि ।

त्यहाँ उपचार सम्भव नभएपछि उपचारका लागि पूनः छोरा र बुहारीको साथमा ति महिलालाई काठ्माडौं लगिएको थियो ।

उपचारको लागि जाँदा ति महिलाको पाटन हस्पिटलमा पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ भेटिएको हो ।

ति महिला बिरामी भएपछि उनलाई भेट्न दमक र भद्रपुरबाट आफन्तहरु आएको खुलेको छ ।

तर उनि कहाँबाट संक्रमित भईन भन्नेबारे खुलेको छैन । उनि झापामा हुदै भईन की काठमाडौं जानेक्रममा बाटोमा ? अथवा अस्पताल पुगेपछि त्यो खोजी हुदैछ ।

अनुसन्धान बैज्ञानिक डा. सन्तोष दुलालका अनुसार अहिले नै गौरादहको समुदायमा कोरोना भाइरस फैलिसकेको भन्न नमिल्ने बताउछन ।

सम्बन्धित समाचार :

उनका अनुसार वरीपरीका ५-१० घरका व्यक्तिलाई एकैपटक कोरोना संक्रमण देखियो भने मात्र समुदायस्तरमा फैलिएको मान्न सकिन्छ ।

सुरुमा संक्रमित महिलाको सम्पर्क रहेका अन्य व्यक्तिको ‘कन्ट्याक्ट ट्रेसिङ’ गरिनुपर्ने र शङ्कास्पदको परीक्षणलाई व्यापक बनाउनु पर्ने उनि बताउछन ।

खुकुलो लकडाउनले चिन्ता

खासगरी सरकारले पछिल्लो समय लकडाउन खुकुलो बनाएपछि मानिसहरूको गतिविधि बढेसँगै सङ्क्रमण धेरै फैलिन सक्ने चिन्ता व्यक्त भइरहेको छ ।

डा. दुलाल त्यो खालको चिन्तालाई स्वाभाविक नै ठान्छन ।

“सामाजिक दूरी कायम राख्ने, मास्क लगाउने लगायतका कुरालाई त्यति अवलम्बन गरेको देखिँदैन। यसले सङ्क्रमण बढ्ने जोखिम हुन्छ,” उनले भने ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार