बाख्रा मरेपछि गौरादहकी बिमलाले पाइन् बिमा रकम

२०७७ असार २२, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

झापा – सहारा नेपाल साकोस सेवा केन्द्र गौरीगंजले लघुवित्त कार्यक्रम अन्तर्गत समुहकी एक सदस्यलाई आज बिमा रकम हस्तान्तरण गरेको छ ।

केन्द्रले लघुवित्त कार्यक्रम अन्तर्गत सञ्चालित समुह नम्बर १६३ की गौरादह नगरपालिका वार्ड नं. ८ बस्ने बिमला बजगाईलाई ९ हजार रुपैयाँ बिमा रकम वापत हस्तान्तरण गरेको हो ।

उनले पालन गरेको बाख्रा लकडाउन अघि मरेपछि साकोसले बिमा वापतको रकम समुहकी सदस्यलाई उपलब्ध गराएको हो ।

उनले बाख्राको १० हजारको बिमा गराएका थिए ।

साकोस सेवा केन्द्र गौरीगंजका प्रमुख धर्मराज अधिकारी र साकोसका पशु प्राविधिक संजित यादवले संयुक्तरुपमा उक्त रकम हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार