गौरादहकी एक महिलामा देखियो कोरोना*, नगरपालिकाले डाक्यो आपतकालीन वैठक

२०७७ असार २२, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

झापा – गौरादह नगरपालिकाकी  एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौंमा उपचार गराईरहेकी गौरादह -१ की ६८ वर्षीय महिलामा कोरोना पोजेटिभ देखिएको हो ।

उनि उपचारका लागि ११ दिन अघि गौरादहबाट काठमाडौं गएकी थिइन् ।

योसंगै गौरादहमा कोरोना संक्रमितको संख्या १२ पुगेको छ । भने चारजना उपचार पश्चात निको भएर घर फर्किसकेका छन् ।

यसअघि गौरादहमा भारत लगायत खाडी मुलुकबाट फर्किएकामा मात्र कोरोना संक्रमण देखिएको थियो ।

यसैबीच नगरपालिकाले आपतकालीन वैठक डाकेको छ र यो जारी छ ।

सच्चाईएको*

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार