मोदीले घुमाउरो पारामा चीनलाई भने विस्तारवादी, चीनले दियो यस्तो जवाफ

२०७७ असार २१, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार बिहान अचानक जब लेह पुगे त्यहाँ उनले सीमामा तैनाथ सैनिकलाई सम्बोधन गरे ।

उनले आफ्नो सम्बोधनमा १४ कोरको साहसिक किस्साको चारैतिर तारिफ भएको बताए । उनले भने, ‘संसारले तपाईंहरुको अदम्य साहस देखेको छ । तपाईंको शौर्य गाथा घर–घरमा गुञ्जिरहेको छ । ’

मोदीले नरेन्द्र मोदीले जवानसँग भने, ‘तपाईंको इच्छाशक्ति पहाडजस्तै बलियो र दृढ छ, पूरा देशलाई तपाईंहरुमाथि गर्व छ । ’

उनले सीमावर्ती इलाकामा इन्फ्रास्ट्रक्चरको विकासमा खर्च बढाएर तीन गुणा बनाएको जानकारी दिए ।

मोदीले लेहमा जवानलाई सम्बोधन गर्दै चीनको नाम नलिइकनै विस्तावादको युग अन्त्य भइसकेको बताए ।

मोदीले भने, ‘विस्तारवादको युग अन्त्य भइसकेको छ । अब विकासवादको समय सुरु भइसकेको छ । तीब्र रुपमा परिवर्तन भइरहेको विकासवाद नै समय सान्दर्भिक छ । पछिल्लो शताब्दिमा विकासवादले नै मानव जातीको विनास गर्यो । यदि कोहीमाथि विस्तारवाद सवार भए, उनीहरु सधैं विश्व शान्तिका लागि खतरा हुन् । ’

नयाँ दिल्लीस्थित चिनियाँ दूतावासले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बयानमा आफ्नो प्रतिक्रिया दिएको छ । चिनियाँ दूतावासका प्रवक्ता जी रोंगले ट्वीट गर्दै भने, ‘चीनका १४ छिमेकीमध्ये १२ वटा सँग शान्तिपूर्ण कुराकानीको आधारमा सीमाको निर्धारण भएको छ र यसले सीमालाई पारस्परिक सहयोगको बन्धनमा बाँधिदिएको छ । चीनलाई उसको छिमेकीसँग मतभेद बढाई–चढाई, मनगढन्ते तरिकाले पेश गर्नु र त्यसलाई विस्तारवादी रुप दिनु आधारहीन हो ।’

मोदीले सेनाको जवानलाई भने, ‘तपाईंहरु जुन सेवा गर्नुहुन्छ, त्यसको प्रतिस्पर्धा पूरा विश्वमा कसैले पनि गर्न सक्दैन ।’

स्रोतः बीबीसी

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार