मजदुरको बयान : ३ घण्टा लगाएर जलाइएको थियो घाइते र मृतकलाई

२०७६ कार्तिक २०, बुधबार प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

काठमाडौं – रौतहट बम काण्डका आरोपी मोहमद अफ्ताव आलमले घटना लुकाउन कतिसम्मको क्रुर हर्कत गरेका थिए भनेर घटनाका एक साक्षीले प्रहरीसमक्ष बयान दिएका छन् ।

रौतहटकै राजपुरमा २०६४ साल चैत २७ गते साँझ ६:३० बजे बम बनाउने क्रममा बि स्फोट हुँदा मृत्यु भएकाहरूलाई जि उँदै ज लाएको आरोपमा पक्राउ परेका काँग्रेस नेता तथा निलम्बित सांसद अफताब आलमको क्रु र हर्कतको भण्डाफोर सुरु भइसकेको छ । सो घटनामा परी घाइते भएका आफ्नै गाउँका युवाहरूलाई घटना ढाकछोप गर्न कसरी जि उँदै इँटा भट्टीको भुङ्ग्रोमा हाले र ज्या न लिए भनेर साक्षी बक्नेहरूको बयान सुन्दा अहिले पनि शरीर जिरिङ्ग हुन्छ ।

घटनाका सम्बन्धमा १२ वर्षपछि प्रहरी र सरकारी वकिलसमक्ष बयान दिँदै घटनाबारे थाहा पाउने राजा इँटा भट्टामा काम गर्ने बाराका लखिन्द्र पटेलको कागज सनसनीपूर्ण छ ।

आलमले घटना हुँदा आफ्नो भाइ सोही स्थानमा रहेको भन्दै भाइले बताएअनुसारको बयान प्रहरी र सरकारी वकिल कार्यालयलाई दिएका छन् ।

उनको बयान यस्तो छ :

म मतदानको अघिल्लो दिन २०६४ साल चैत २७ गते अरू दिनझैँ बिहान ७ बजेदेखि ११ बजेसम्मको ड्युटी सिफ्ट समाप्त गरी घर फर्केको थिएँ । २८ गतेका दिन बिहान सिफ्टमा काम गर्न सो गाउँ पुग्दा गाउँमा मतदानको चटारो थियो । गाउँलेहरूले ब म बि स्फोट भएकोबारे गाइँगुइँ कुरा गरेको सुने । उद्योगमा पुगी मेरा भाइ प्रभुलाई आफूले गाउँमा सुनेको हल्लाबारे सोध्दा चुपचाप काम गर्ने, अरू कुरा हाम्रो चासोको विषय होइन भनी जवाफ दियो । रातको सिफ्टमा मेरो भाइसँगै काम गर्ने अन्य ३ जना मेरै गाउँका बद्री सहनी, मुक्ति शाह, बारा बसतपुरका कृष्ण मुखिया समेतले मुखामुख मात्र गर्ने तर केही बोलेनन् । मलाई मनमा चिसो पस्यो ।

*****

ट्याक्टरमा जुटको बोरामा मानिस हालेर ल्याएका रहेछन् । त्यो देखेर म धेरै डराए, मलाई निजहरूले ठूलो स्वरमा त्यहाँबाट टाढा जान आदेश दिए । म केही पर गएँ, बोरामा ल्याएका मानिसहरू पालैपालो निकाल्दै इँटा पोल्ने भुङ्ग्रोमा हाल्न लागे । निजहरूले कति मानिसहरू ल्याए यकिनका साथ सङ्ख्या भन्न सक्दिनँ ।

*****

पुनः सोही कुरा सोध्दा पछि थाहा पाउला भन्ने जवाफ पाएँ । म आफ्नो काम सुरु गरेँ र ११ बजे आफ्नो सिफ्ट ड्युटी सकी हतारहतार मतदान गर्न आफ्नो गाउँ सिम्रौनगढ फर्किएँ ।

बम बिस्फोटनको हल्ला मेरो गाउँ बारासम्म फैलिइसकेको रहेछ । सबैले मलाई नै घटनाबारे के भएको हो भनी सोध्ने गर्दथे । मैले सुनेको मात्रै हो अरू थाहा छैन भनी जवाफ दिने गर्दथेँ । मतदानको भोलिपल्ट चैत २९ गते पुनः बिहान ७ बजे म काममा पुगेँ । इँटा बोकी म्यान नजिकमा पुग्दा अस्वाभाविक रूपमा गहुँको भुसा छरपष्ट भएको देखेँ । मेरो भाइ त्यही भएको कारण मैले यो भुसा कसरी यहाँ आयो ? तिम्रो रातको सिफ्ट ड्युटी थियो, के भएको हो भनी सोध्दा भाइले एकान्तमा लगी घटनाबारे सबिस्तार सुनाए ।

भाइले बताएअनुसार २७ गते साँझ सेख इद्रिसको गोठमा नेता मो. अफ्ताव आलम लगायतका मानिसहरूले चुनाव जित्नका लागि ब म बनाउने क्रममा अचानक बि स्फोट हुँदा ठूलो मानवीय क्षति भएको सो घटनामा परी केही मानिसको मृत्यु भएको त केही मानिसहरू सख्त घाइते भएको, घाइते भएकाहरूलाई हिजो राति २७ गते ट्याक्टरमा लोड गरी मोहमद अफ्ताव आलम, मोहमद महताब आलम, शेख भदई, मोहमद मोबिन आलम, शेख सेराज लगायत अन्य नचिनेको हिन्दी भाषा बोल्ने ३–४ जना समेतले ल्याई इँटा पकाउने भुङ्ग्रोमा जि उँदै पालैपालो हालेको, सबैजना सोही भुङ्ग्रोमा खरानी भएको बतायो ।’

घटनाबारे थाहा पाए पनि डरका कारण कहीँ कतै उजुरबाजुर गर्न नसकेको र कसैलाई बताउन नसकेको लखिन्द्रले आफ्नो बयानमा उल्लेख गरेका छन् ।

इँटा भट्टामा मान्छे हालेर जलाएको देख्ने लखिन्द्रका भाइ प्रभु मात्रै थिएनन्, सोही इँटा भट्टामा काम गर्ने राजेशप्रसाद सहनी पनि थिए ।

घटनाको १२ वर्षपछि सहनीले पनि आफ्नो बयान दिएका छन् कि त्यस रात के भएको थियो भनेर ।

उनको बयान यस्तो छ :

‘राति करिब १२:३० बजेदेखि १:०० बजेको बीचको समयमा ट्याक्टरको आवाज र मानिसहरूको खैलाबैलाले मेरो निद्रा भङ्ग गरायो । म उठे, के रहेछ, रातको समयमा किन ट्याक्टरमा मानिस आएका हुन् भनी बुझ्न मन लाग्यो, नजिक गए । ट्याक्टर नजिक पुग्दा मोहमद अफताब आलम, निजका भाइ मोहमद महताब अलाम लगायत करिब आधा दर्जन मानिसहरू थिए, उनीहरू नेता भएकाले मैले चिनेँ । अरूलाई चिन्न सकिन कोको थिए, तर बद्री सहनी समेत सोही ट्याक्टरमा सँगै आएका रहेछन् । ट्याक्टरमा जुटको बोरामा मानिस हालेर ल्याएका रहेछन् । त्यो देखेर म धेरै डराए, मलाई निजहरूले ठूलो स्वरमा त्यहाँबाट टाढा जान आदेश दिए । म केही पर गएँ, बोरामा ल्याएका मानिसहरू पालैपालो निकाल्दै इँटा पोल्ने भुङ्ग्रोमा हाल्न लागे । निजहरूले कति मानिसहरू ल्याए यकिनका साथ सङ्ख्या भन्न सक्दिनँ । मलाई केही पर पठाएको कारण गन्न सकिन, जसमध्ये कोही जिउँदै पनि हुनुपर्छ किनकि मैले बोरामा चलमलाएको देखेको थिएँ । उनीहरू करिब ३ घण्टा लगाएर जलाई सकेपश्चात सबै जना गाउँतिर फर्केका थिए ।’

यसरी बम बिस्फोटमा परी घाइते तथा मृत्यु भएकाहरूलाई इँटा भट्टामा हाली ज लाएको दर्दनाक दृश्य प्रत्यक्ष देख्ने साक्षीहरूको बयान समेत लिएर प्रहरीले बलियो सबुत, प्रमाण र साक्षी तयार गरेको छ । सोही तथ्य, प्रमाण र साक्षीको आधारमा जिल्ला सरकारी वकिलको कार्यालय रौतहटले गत शुक्रबार आलमसहित अन्य फरार १० जना विरुद्ध जिल्ला अदालत रौतहटमा क र्तव्य ज्या नको मुद्दा दायर गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार