गाैरादहका क्वारेन्टिनमा समस्यै समस्या: बस्नेहरु भन्छन, ‘फितलाे व्यवस्थापनले जाेखिम बढायाे’

२०७७ असार १८, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट
  • मिलन अधिकारी

गत शनिवार खाडी मुलुक युएईबाट दाहाल थरका एक युवक पिसिआर परीक्षण गराएकाे रिपाेर्ट सहित आफ्नो घर  झापाको गाैरादह फर्किए ।

युएईबाट फर्किने बेलामा कोरोना टेष्ट गरेका उनकाे नेगेटिभ रिपाेर्ट देखाएकाे थियाे ।

जसाेतसाे सास्ती बेहाेर्दै काठमाडाैंबाट आफ्नो गाउँ  गाैरादह पुगेका उनले  पिसिआर गरेकाे रिपाेर्ट देखाए ।

तर त्यो रिपोर्टले मान्यता पाएन ।

यो पनि पढ्नुहोस :

हाल उनि गाैरादह -९ बैगुन्धुरा स्थित अमर माबिकाे क्वारेन्टिनमा बसिरहेका छन्  ।

त्यहाँ अहिले भारत लगयात खाडी मुलुकबाट आएका उनी जस्तै  २१ जना बसिरहेको  छन ।

विदेशबाट सुरक्षित रहेर आफ्नो घर फर्केका उनीलाई अब चाहि कोरोनाले भेट्ने हो की भन्ने चिन्ताले सताउन थालेको छ ।
‘क्वारेन्टिनमा बसेदेखि काेराेना लाग्छ कि भन्ने  डर लागेकाे छ ।’ उनले भने, ‘संक्रमण बढि भएकाे देशमा हुदा सुरक्षित बसियाे, आफ्नै ठाउँमा आएपछि चै काेराेनाले भेटला जस्ताे छ ।’

क्वारेन्टिन स्थलकाे फितलाे व्यवस्थापन  र सरसफाईमा भएकाे लापरबाहीका कारण उनलाई यस्ताे लागेकाे हाे ।

उनको प्रश्न छ,’क्वारेन्टिनमा संक्रमण नफैलियाेस भनेर राखिन्छ कि स्वास्थ मान्छेलाई संक्रमित गर्न राखिन्छ ?’

‘यहाँको अवस्था देख्दा त संक्रमण सार्न राखिएकाे जस्ताे छ ।’ उनले थपे, ‘परीक्षण गराएका र नगराएका सबैलाई एकै ठाउँमा राखिएकाे छ, हप्ता / दश दिनदेखि बसिरहेका मान्छेकाे काेठामा नयाँ मान्छे ल्याएर राखिएकाे छ ।’

मान्छे बारम्बार थपिएकाे  तर शौचालय लगायतका अन्य आवश्यक संरचनामा ध्यान नदिईएको उनले बताए ।

यसले संक्रमण बढने डर बढाएकाे उनकाे भनाई छ ।

यस बिषयमा व्यवस्थापन पक्ष संग बारम्बार कुरा राख्दा पनि सुधारका लागी केही नगरेकाे उनले गुनासाे गरे ।

‘हुन्छ हामी गर्दै छाैं भन्नुहुन्छ तर गर्नुहुन्न, उल्टै प्रहरी ल्याएर थर्काउनु हुन्छ’ उनले भने,’यहाँ बस्नेहरुले नै हाम्राेपनि काम छैन, हामिलाई सामान उपलब्ध गराईदिनुस हामी सरसफाई गर्छाै, झाडी फाँडछौ भन्दा समेत सुनुवाई भएन।’

झाडी फाँडने, सरसफाई गर्ने सामानहरु उपलब्ध नगराएकाे उनले बताए ।

त्यस्तै युएईबाटै फर्किएर हाल गाैरादह १ स्थित जनता मा.विकाे क्वारेन्टिनमा बसिरहेका अर्का एक युवालाई त्यहाकाे क्वारेन्टिनकाे व्यवस्थापन देखेर अचम्म लागेकाे रहेछ ।

उनले भने, ‘बसेकाे १० दिन भयाे हामीलाई क्वारेन्टिनमा राखेकाे छ तर यहाँ हामिलाई साेध्न ,खाेज्न काेहि आउँदैन , डाक्टर काे हाे, त्याे पनि थाहा छैन । अन्य स्थानमा त बेलाबेला ज्वराे जाच्नेदेखि मानसिक स्वास्थ्यलाई समेत ध्यान दिएर क्वारेन्टिनमा बस्नेलाई सान्त्वना दिने , याेगा गराउने , संगित बजाउने कार्यक्रमहरु गरेकाे देखिन्छ यहाँ त कसैलाई वास्तै छैन ।’

जनता माविकाे क्वारेन्टिनमा त्याे भन्दापनि बढि समस्या त शौचालयकाे भएकाे उनले बताए ।

‘बर्खाकाे समय छ पानी परिरहन्छ शौचालय बाहिर तिर टाढा बनाईएकाे छ , जान सकिँदैन । फेरि पुगिहालेपनि छानाे बिनाकाे शौचालयमा बस्न सकिँदैन’ चम्लागाईले भने ।

बाटाेमा पानी पानी छ, ईटा झारिदिनु हामीनै शौचालय सम्म पुग्ने बाटाे बनाउँछाै समेत केहि पार नलागेको उनले बताए ।

भुईमा ओछ्यान लगाएर सुत्नुपर्ने भएकाेले सर्पकाे डर छ तर त्याे भन्दा ठुलाे समस्या शौचालयकै भएकाे उनकाे भनाई छ ।

हाल साे क्वारेन्टिनमा युएई, माल्दिप्स र भारतबाट फर्किएका गरेर १६ जना बसिरहेका छन ।

गौरादहमा यी बाहेक जुरोपानी स्वास्थ्य चौकीमा, गौरादह-१ कृषि क्याम्पसमा  र गौरादह-८ प्रगति मा.विमा  क्वारेन्टिन रहेका छन ।

उल्लेखित क्वारेन्टिनमा बसेकाहरु मध्ये हिजाे मात्रै एकैपटक ७ जनामा काेराेना संक्रमण पुष्टि भएकाे थियाे ।

गाैरादहमा हाल सम्म समुदायमा काेराेना नफैलिएकाे बताईएपनि बाहिरबाट आउनेहरु बढेसंगै संक्रमण समुदायसम्म फैलिने सम्भावना उच्च हुँदै गएकाे छ ।

क्वारेन्टिनमा संक्रमितहरु बढदै जाने र क्वारेन्टिनकाे ब्याबस्थापनमा हुने लापर्बाहिले थप समस्या बढाउदैछ ।

बाहिरबाट आउनेलाई समुदायमा घुलमिल हुनु अघि राखिने क्वारेन्टिनमा निर्धारित समयसम्म बस्न सक्ने अबस्था भएनभने त्यसले समुदायमा राेग छिर्ने निश्चित छ ।

यसलाई राेक्नकाेलागी पनि सम्बन्धित पक्षले क्वारेन्टिन व्यवस्थापनमा थप ध्यान दिनुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार