थाइराइड भएमा के खाने ?

२०७७ असार १८, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

थाइराइड आजकल स्त्री तथा पुरुषको समस्या बन्दै गएको छ । मानिस ४० वर्ष पुगेपछि कसै कसैमा यो रोग देखिने गर्छ ।

तर आजको ब्यस्त समय तथा तनाव, खानपान रहनसहनका कारणले थाइराइड समस्या निम्त्याएको हुनसक्छ । यो समस्या महिलामा बढी पाइन्छ ।

थाइराइड नामक ग्रन्थी जसमा थायरोक्सि हर्मोन महिलामा हुन्छ । जुन हर्मोनको मात्रा कमी भएमा थायराइड समस्या देखिन्छ ।

यसका लागि कस्तो खानेकुरा खाने त ?

१. थाइराइडको समस्या देखिएमा ओडिनयुक्त खाद्यपदार्थको बढीमात्रामा सेवन गर्नु राम्रो हुन्छ । जुन प्याज, लसुन, जौ, गाजर, च्याउ, गोभेंडा, हरियो खुर्सानी, स्ट्राबेरीबाट प्राप्त गर्न सकिन्छ ।

२. बढी मात्रामा मसलाको प्रयोग भएका खाद्यबस्तुहरुका साथै चामल, मैदा, अण्डाको सेवन कम गर्नु राम्रो हुन्छ ।

३. नरिवलको तेल तथा नरिवलको पानी खान उत्तम हुन्छ ।

४. चिल्लो पदार्थका साथै चिनी, चिया तथा कफिको सेवन नगर्ने र प्रशस्त मात्रामा पानी पिउने गर्नु पर्छ ।

५. दूध, दही तथा पनीर प्रशस्त मात्राामा सेवन गर्नु पर्छ ।

६. ओखर तथा बदामको सेवन गर्नु फाइदाजनक हुन्छ ।

७. ब्रोकाउली, काउली, बन्दागोभी, मूला तथा जंकफूडको सेवन नगर्नु राम्रो हुन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार