फेसबुकमा गाली खाएपछि दीपाश्री निरौलाले माफी मागिन

२०७७ असार १८, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

अभिनेता राजेश हमालका विषयमा आफूले दिएको अभिव्यक्तिले गलत अर्थ बुझिन गएको भन्दै कलाकार दीपाश्री निरौलाले हमालका फ्यानसँग माफी मागेकी छन्।

आफ्नो फेसबुक वालमा लामो स्टाटस लेख्दै कलाकार निरौलाले भनेकी छन्, ‘हमालज्यू सुपरस्टार हुनुहुन्थ्यो, हुनुहुन्छ र पछिसम्म रहिरहनु हुनेछ। तर उहाँले महानायकको हिसाबमा चलचित्र क्षेत्रको पीडामा मलम पनि लगाउन सक्नुपर्छ नत्र त्यो पदमा शंका उत्पन्न हुन्छ पनि भन्न नपाइने गरेर उहाँलाइ भगवान् नै बनाउने पक्षमा म थिइनँ र छैन पनि। तथापि मेरो अभिव्यक्तिले उहाँ सुपरस्टार नै होइन भन्ने बुझिन गएकामा भने म सबै हमालज्यूका फ्यानहरूसँग माफी माग्दछु।’

उनले एक अन्तर्वार्ताका क्रममा अभिनेता हमालप्रति गरेकाे टिप्पणीले हमालका फ्यानकाे चित्त दुखेकामा माफी मागेकाे उल्लेख गरेकी छन्। तर कुन र कहिलेकाे अन्तर्वार्तामा भन्ने कुरा स्टाटसबाट खुल्दैन।

हेराैँ उनकाे स्टाटस :

https://www.facebook.com/deepashree.niraula/posts/3260039970727110

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार