गौरादहमा एकैदिन ७ जनामा कोरोना संक्रमण पुष्टि

नगर स्वास्थ्य शाखाले जनाए अनुसार

२०७७ असार १७, बुधबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

झापाको गौरादह नगरपालिकामा एकैदिन सात जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

क्वारेन्टाईनमै बसेका ३ महिला र ४ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो पनि पढ्नुहोस :

नगर स्वास्थ्य शाखा गौरादहले जनाए अनुसार उनीहरुलाई  प्रगति मावि र जुरोपानी स्वास्थ्य चौकीको क्वारेन्टाइनमा राखिएको थियो ।

यस अघि गौरादहमा ४ जनामा कोरोना संक्रमण देखिएको थियो ।

चारैजना उपचार पश्चात निको भएर डिस्चार्ज भईसकेका छन् ।

थप समाचार :

उर्लाबारीमा पनि भेटिए पहिलो पटक कोरोना संक्रमित

मोरङको उर्लाबारी नगरपालिकामा आज पहिलो पटक एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

क्वारेन्टाईनमै बसेका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

उर्लाबारीमा भेटिएका कोरोना संक्रमितका विषयमा बिस्तृत विवरण आउन बाँकी रहेको छ । यस विषयमा उर्लाबारी नगरपालिका स्वास्थ्य शाखाले बुझ्ने काम भईरहेको जनाएको छ ।

प्रदेश १ मा संक्रमितको संख्या ६ सय ४  पुग्यो 

प्रदेश १ मा बुधबार २६ जना कोरोना संक्रमित थपिएका छन् ।

१४ जना महिला र १२ जना पुरुषमा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार झापामा २०, मोरङ र इलाममा २–२, सुनसरी र ताप्लेजुङमा १–१ जनामा संक्रमण देखिएको छ ।

झापाको मेचीनगर नगरपालिकामा ६ महिला, १ पुरुष, बुद्धशान्तिमा २ महिला र ३ पुरुष, गौरादहमा ३ महिला ४ पुरुष, गौरीगञ्जमा १ पुरुष, मोरङको उर्लाबारी र केराबारीमा १–१ पुरुष, इलामको सुर्योदयमा २ महिला, सुनसरीको इटहरीमा १ महिला र ताप्लेजुङको फुङलिङमा १ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ सय ४ जना पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार