वकिलले दुर्व्यवहार गरेको भन्दै प्रहरी आन्दोलनमा उत्रिए

शनिबार पार्किङको विषयमा विवाद हुँदा प्रहरी र वकिलबीच…

२०७६ कार्तिक १९, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

नयाँ दिल्ली -दिल्लीस्थित तिसहजारी अदालतमा वकिलले प्रहरीमाथि दु र्व्य वहार गरेको भन्दै दिल्लीका प्रहरीहरु आन्दोलनमा उत्रिएका छन् । दु र्व्य वहार गर्ने वकिलमाथि कारबाही गरिनुपर्ने माग गर्दै दिल्ली प्रहरी हेडक्वार्टर बाहिर उनीहरुले धर्ना दिएका छन् ।

शनिबार पार्किङको विषयमा विवाद हुँदा प्रहरी र वकिलबीच भएको झ डपमा परी १५ जना घाइते भएका छन् भने करिब १७ सवारी साधनमा आगजनी गरिएको छ । सोमबार फेरि दिल्लीमै रहेको सकेट अदालतमा पनि वकिलले प्रहरीमाथि दु र्व्य वहार गरेका थिए ।

सार्वजनिक भएको भिडियो अनुसार वकिलहरुको समूहले प्रहरीमाथि दु र्व्य वहार गरेको र प्रहरी भाग्न खोजिरहेको देखिन्छ ।

दिल्ली प्रहरी कमिसनर अमूल्य पटनायकले आन्दोलनरत प्रहरीलाई काममा फिर्ता आउन र एक अनुशासित सुरक्षाकर्मीको व्यवहार प्रदर्शन गर्न आग्रह गरेका छन् । कमिसनर पटनायकले उनीहरुका जायज माग सम्बोधन गरिने समेत प्रतिबद्धता व्यक्त गरेका छन् ।

“केही दिनयता राजधानी दिल्लीमा यस्ता घटना भएका छन् । जसलाई हामीले राम्रोसँग समाधान गर्ने कोशिस गरेका छौं,” उनले भने, “विगतभन्दा अवस्थामा केही सुधार आएको छ ।” उनले आन्दोलनरत प्रहरीले शान्ति कायम गर्न समेत अपिल गरेका छन् । “यो हामीले धैर्यता गर्ने समय हो,” पटनायकले भने, “हाम्रो काँधमा कानुको पालना गर्ने र गराउने जिम्मेवारीसमेत रहेको छ ।”

आन्दोलनरत प्रहरीले समातेका प्लाकार्डहरुमा लेखिएको छ, ‘जोश कस्तो हुन्छ ? वकिल सा’प !’, ‘हामी प्रहरीको बर्दीधारी मानव हौं’, ‘संरक्षकलाई पनि संरक्षण चाहियो’ ।

सन् १९९८ मा भएको यस्तै घटनामा तत्कालीन प्रहरी कमिसनर किरन बेदीले चालेको कदमको प्रशंसा गर्दै प्रहरी कमिसनर किरन बेदीजस्तो हुनुपर्ने भन्दै नारा लगाएका थिए ।

प्रहरीको आन्दोलनले विभिन्न नाकामा ट्राफिक जाम बढेको र सवारीहरु अस्तव्यस्त बनेका थिए । सवारी चालकहरुलाई ट्राफिक प्रहरीले दिल्ली गेट र राज घाटमा प्रयोग गर्नसमेत सुझाएका छन् ।

भारतीय कांग्रेसले ७२ वर्षको अवधिमा प्रहरीले नै आन्दोलन गर्नुपर्ने अवस्था सिर्जना भएकोमा आपत्ति जनाएको छ । कांग्रेसले ‘के बीजेपीको नयाँ इण्डिया यही हो?’ भन्दै प्रश्न गरेको छ ।

उता वकिलहरुले पनि प्रहरीले आफूमाथि दु र्व्य वहार गरेको भन्दै आन्दोलन थालेका छन् ।

स्क्रोल डटइन

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार