गाँजाका बोट फाँड्दै प्रहरी

२०७७ असार १६, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

मेलम्ची – चौतारा साँगाचोकगढी नगरपालिकाका विभिन्न वडामा तीन हजारभन्दा बढी गाँजाका बोट नष्ट गरिएको छ । वडा नं ४, ५ र १० का विभिन्न स्थानमा उम्रिएका गाँजाका बोट नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

सोमबार जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेको नेतृत्वमा खटिएको टोलीले १६ सयभन्दा बढी गाँजाका बोट नष्ट गरेको हो । नगरपालिकाको वडा नं ४ र ५ क्षेत्रभित्र झण्डै ५ रोपनी जग्गामा उम्रिएर फैलिएको १६ सय गाँजाका बोट फडानी गरी नष्ट गरिएको प्रनाउ काफ्लेले बताउनुभयो ।

सोमबार नै वडा नं १० स्थित देउरालीमा पनि साँगाचोक प्रहरीले १५ सय गाँजाका बोट नष्ट गरेको थियो । लागु पदार्थ सेवनबाट आपराधिक घटना बढ्ने भन्दै जिल्लाभर भीर, पाखा र व्यक्तिका जग्गामा उम्रिएका गाँजाका बोट नष्ट गरिने प्रनाउ काफ्लेले बताउनुभयो । -रासस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार