यसकारण पुग्नेछन् गौरादहका बलबहादुर ‘भ्वाइस अफ नेपाल’ को फाइनलमा

२०७६ कार्तिक १९, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

ईटहरी – विश्व टेलिभिजन ईतिहासको सबै भन्दा प्रतिष्ठित र ठूलो गायन प्रतियोगी ‘भ्वाइस’ को नेपाली सस्करण ‘द भ्वाइस अफ नेपाल’ को दोस्रो श्रृङखला यतिबेला टेलिभिजनमा प्रसारण भैरहेको छ । शृङ्खलाले ‘ब्लाईण्ड अडिसन’, ‘ब्याटल राउन्ड’ र यसपटक देखि थपिएको ‘नकआउट राउन्ड’ सम्पन्न भैसकेको छ । यस्तैमा कोच प्रमोदको टिममा रहेका झापाका बल बहादुर राजबन्शी पनि नकआउट राउन्ड पार गरेर लाईभ राउन्डमा पुगेका छन् ।

नेपाली संगीत आकाशको गायन बिधामा अन्तरास्ट्रिय फ्रेन्चाईज शो भित्रीएपछि राजबन्शी जस्तै देशभरबाट हजारौ द भ्वाइस अफ नेपालमा सहभागी भएका थिए । जस्लाई जर्जहरुको मूल्याकंनले भ्वाइसलाई अनुपयुक्त बाहिरिए भने उपयुक्तहरु यतिबेला लाईभ राउन्डमा प्रवेश गरेका छन् । जसमध्येका एक खरो प्रतिष्पर्धी हुन् बल बहादुर राजबन्शी । उनले नकआउट राउन्डमा टिम प्रमोदकै साईकिरण र बिशाल संग प्रतिष्पर्धा गरेका थिए ।

उनले सो राउन्डमा स्व. नारायण गोपालको ‘गल्ती हजार हुन्छ’ बोलको गीत गाएका थिए । बलले गीत गाईसकेपछी कोच राजुले पनि आफुलाई मन पर्ने गीत राम्रो संग गाईदिनु भयो भन्दै बल नै लाईभ राउन्डमा जानू पर्ने राय ब्यक्त गरेका थिए । यस्तै कोच दिपले पनि गीत तारिफ र बलको गायनमा केही टिप्स दिदै बललाई नै अगाडि लाग्नु पर्ने राय ब्यक्त गरे । प्रमोदले बल बहादुरको खुलेरै तारिफ गर्दै उनलाई लाईभ राउन्डका लागि छनौट गरेका हुन् ।

अब यो संगै उनी भोटका लागि पनि योग्य ठहरिएका छन् । तर उनलाई भोट गर्नलाई भने लाईभ राउन्ड पर्खनै पर्ने हुन्छ । गायन बिधामै बिगत लामो समयबाटै लागिपरेका राजबन्सी भ्वाइस अफ नेपालमा पुगेपछि उनको गायन कलाको उचाईले राम्रो स्थान चुमिरहेको छ । यसैले पनि द भ्वाईस अफ नेपालमा उनलाई बिजेताको लागि एक प्रमुख दाबेदारीको रुपमा हेर्न सकिन्छ ।

हरेक राउन्डमा कोचहरुको नजारमा परिरहेका बलबहादुर अबको राउन्ड देखि आम नेपाली संगीतप्रेमी दर्शकहरूको नजरमा पनि सजिलै पर्छन् भन्ने कुरामा दुईमत छैन । अर्थात उनको पक्षमा भोटको कमि हुने छैन । राजबन्शीले ब्लाईण्ड अडिसनमा भ्वाइसका कोचको रुपमै रहेका दिप श्रेष्ठको ‘हु यात्री’ गाएका थिए । सो गीत गाउदा २ जना कोच प्रमोद र दिप फर्किएका थिए । कोच प्रमोद खरेलको जस्तै कपाल भएका कारण पनि बल गत एपिसोड देखि चर्चामा छन् । निरन्तर सफलता पाईरहेका राजबन्सीले ब्याटल राउन्डमा आफ्नो अर्का प्रतिष्पर्धी जमिर अलि संग द भ्वाइस अफ नेपालको मंचमा साङितिक भिडन्त परेको थियो । हाम्राकुरा

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार