भारतले नयाँ नक्सामा कालापानी भारततिर पार्यो, प्रधानमन्त्रीको ध्यान जाओस्’ : कमल थापा

२०७६ कार्तिक १९, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
काठमाडौं – राप्रपाका अध्यक्ष कमल थापाले हालै भारतले सार्वजनिक गरेको नक्सामा नेपालको कालापानीलगायतका क्षेत्र भारतमा परेको देखिएकोले त्यसमा सशक्त प्रतिवाद गर्न सरकारलाई आग्रह गरेका छन् ।उनले आज बिहान ट्विट गर्दै भनेका छन्,‘‘कालापानी, लिपुलेक नेपालको अविभाज्य भूमि हो । भारतले सो भूभाग अनधिकृतरुपमा क’ब्जा गरेकोमा नेपालले निरन्तर विरोध गर्दै आएको छ । हालै भारत सरकारले जारी गरेको नयाँ नक्सामा उक्त भूभाग भारतमा पारेको देखिन्छ । यो आपत्तिजनक र अस्वीकार्य कार्यको तत्काल सशक्त प्रतिवाद गर्न नेपालका प्रधानमन्त्रीको ध्यान जाओस् ।’’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार