sajalsandesh

नेकपा सांसद शान्ता चौधरीको गाडी खोलामा खस्यो

काठमाडौँ – नेपाल कम्यूनिष्ट पार्टी नेकपाकी सांसद शान्ता चौधरीको गाडी दु’र्घटना भएको छ ।

नेकपाकी सचेतक समेत रहनु भएकी चौधरीलाई दाङको घोराही छोडेर लमही तर्फ फर्किदैँ गर्दा बा २ झ २८७१ नम्बरको स्कारपियो दुर्घटनामा परको हो ।

गाडी दुर्घटना भए पनि गाडीमा चौधरी थिइनन् । गाडी लमही-घोराही सडकखण्डअन्तर्गत कुलमोड भन्ने स्थानमा गएराति ११ बजेतिर दुर्घटना भएको हो । गाडी सडकबाट झण्डै एक सय मिटर तल अर्जुनखोलामा खसेको छ ।

गुडीरहेको गाडी अगाडी जरायो आएको र त्यसलाई जोगाउन खोज्दा गाडी खोलामा पुगेको चालक रतन चौधरी बताए ।

ismt college
dish home