महरा जेल जाँदा रातभरी किन निदाईनन् रोशनी ?

२०७६ कार्तिक १९, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौ – काठमाडौँ जिल्ला अदालतले जबर्जस्ती क रणी गरेको अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई हिजो सोमबार जिल्ला अदालत काठमाडौले पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेपछि सामाजिक संजालमा यो विषयले ढाकेको छ ।

काठमाडौ जिल्ला न्यायाधीश सुदर्शन पाण्डेको इजलासले महरालाई पुर्वपक्षका लागि थुनामा पठाउने निर्णय गर्नुअगाडी बहस चलिरहेका समयमा पिडित भनिएकी संसद सचिवालयमा कार्यरत रोशनी शाही त्यही उपस्थित थिईन ।

शुरुमा आफूमाथि यौ नदुव्र्य वहार गरेको भन्दै महरामाथि आरोप लगाएकी शाहीले पछिल्ला दिनहरुमा आफू मानसिक रोगी भएको र विभिन्न दबाबमा त्यस्तो कुरा बोलको भन्दै बयान सच्याउँदै महरा निर्दोष भएको बताउदै आएकी छन् ।

उनले महरा निर्दोष भएको भन्दै अदालतमा निवेदन फिराद समेत दर्ता गराएकी थिईन । महराको मु द्धामा बहस चलिरहँदा जिल्ला अदालत पुगेकी शाही निकै भावुक र निन्याउरो मुख लगाएर बसेकी थिईन ।

महरालाई पुर्वपक्षका लागि थुनामा पठाउने निर्णय भईरहँदा निकै चिन्तित देखिएकी शाही त्यसपछि आफ्नो डेरामा पुगेकी थिईन । उनका छिमेकीका अनुसार निकै चिन्तित मु द्रामा रहेकी शाही घर पुगेपछि खाना पनि नखाएको र रातभरी नसुतेको बताईन्छ ।

संसद् सचिवालयकी एक महिला कर्मचारीलाई ब लात्कारको प्रयास गरेको अभियोगमा गत असोज १९ गते जिल्ला अदालतले महरालाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । अभियोगको थप अनुसन्धानका लागि थुनामा पठाइएको हो ।

महरा कसुरदार हो वा होइन थप अनुसन्धानपछि मात्र अदातलले फैसला गर्नेछ ।जिल्ला सरकारी वकिलको कार्यालयले महराविरुद्ध करणीसम्बन्धी कसुरमा बिहीबार मुद्दा दर्ता गरिएको थियो ।
महराविरुद्ध मु लुकी अप राधसंहिता, २०७४ को दर्ता दफा ३४ को उपदफा ३ बमोजिम मुद्दा दर्ता गरिएको हो । उक्त उपदफामा क सूर गर्न उद्योग गर्ने वा गराउने व्यक्तिलाई त्यस्तो कसुरका लागि तोकिएको सजायको आधा सजाय हुने व्यवस्था छ । द नेपालटपबाट

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार