कोरोना भाइरसको उपचारमा भिटामिन ‘सी’ को भूमिका के ?

२०७७ असार ४, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

एजेन्सी – विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न र यसको उपचारको लागि औषधि तथा खोपको विषयलाई लिएर पूरै विश्व अनुसन्धानमा लागि परेको छ ।

यसैबीच, कोरोना भाइरसको उपचारमा भिटामिन सीको भूमिकालाई लिएर निकै बहस र चर्चा चलेको छ । हालै भिटामिन सीको हाई डोज इन्जेक्सनमार्फत कोरोना भाइरसबाट बच्न सकिने विषयमा समेत अनुसन्धान सुरु भएको छ । यद्यपि, कोरोना भाइरसको उपचारमा भिटामिन सी उपयुक्त हुन्छ वा हुँदैन भन्ने विषयमा नतिजा आएको छैन ।

तर, भिटामिन सी मानव शरीरको लागि निकै फाइदाजनक हुन्छ । यो भिटामिन महिलाका लागि प्रतिदिन ७५ मिलिग्राम र पुरुषका लागि ९० मिलिग्राम आवश्यक पर्छ । विशेषज्ञका अनुसार भिटामिन सी खानामा महत्त्वपूर्ण मानिन्छ । यसले रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ ।

चिकित्सकका अनुसार भिटामिन सी सप्लीमेन्ट्सबाट प्राप्त गर्नुभन्दा खानामा सामेल गरेर खानु धेरै प्रभावकारी हुन्छ । भिटामिन सी तरकारी, फलफूलबाट प्राप्त गर्नु लाभदायी हुन्छ ।

भिटामिन सीले कोरोना भाइरसबाट बचाउँन सक्छ ?

भिटामिन सी एक शक्तिशाली एन्टी एक्सीडेन्ट हो । यसले शरीरलाई मजबुत बनाउँछ । मौसमी फ्लुका कारण लाग्ने भाइरसमाथि भिटामिन सीको प्रभावको बारेमा अनुसन्धान गरिएको छ । उक्त अनुसन्धानका अनुसार मौसमी फ्लुबाट बच्ने र यसको उपचारमा भिटामिन सीको प्रभाव हुँदैन । तर यसबाट छिट्टै बच्न र लक्षण कम गराउन उपयुक्त बन्न सक्छ । अनुसन्धानले स्वाइन फ्लुमा श्वाससम्बन्धी बिरामीका लागि फोक्सो सुन्निन कम हुन थाल्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार