जेल चलानको आदेशपछि इजलासमै भक्कानिए महरा, खुट्टा समातेर रोए दुवै छोरा

२०७६ कार्तिक १८, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमान्डौ – निवर्तमान सभामुख कृष्णबहादुर महरालाई र्पुपक्षका लागि जेल चलान गरिएको छ ।

जिल्ला अदालतमा आइतबार र सोमबार भएको थुनछेक बहसपछि न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले महरालाई थुनामा पठाउने आदेश दिएको हो ।

संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई ब ला त्कार प्रयासको आ रोप लागेपछि गएको असोज १९ गते पक्राउ परेका महरा प्रहरी हिरासतमा बस्नुपर्ने अवधिभर भने नर्भिक अस्पतालमा बस्दै आएका थिए ।

अदालतले सोमबार अपराह्न पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएलगत्तै भने उनी इजलासमै भावुक बन्दै भक्कानिएका थिए । उनका दुवै छोरा पनि बाबुको खुट्टा समातेर रोएका थिए ।

आदेश दिएपछि सेतो सर्ट र अध्यारो रङ्गको कोट लगाएका महरा भक्कानिए उनि प्रहरीको घेरामा थिए । उनलाई प्रहरीको नीलो जीपमा राखेर कारागार लगियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार