क्यानाडा पठाइदिने भन्दै २३ लाख ठगी

२०७६ कार्तिक १७, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

मोरङ – कानेपोखरी–५ का २७ वर्षीय मनीष राजवंशी र २० वर्षीय मनीष कार्की क्यानाडा जाने प्रलोभनमा परी ठगिनु भएको छ । राजवंशी र कार्कीले गत वर्षको माघमा काठमाडौंको बुढानीलकण्ठ नगरपालिका वार्ड नं. ९ एकता बस्ती बस्ने असीम गुरुङलाई क्यानडा पठाउने सर्तमा २३ लाख रुपियाँ बुझाउनु भएको थियो ।

राजवंशी र कार्कीले पटक पटक ताकेता गर्दा पनि गुरुङले क्यानडा नपठाएपछि उहाँहरू यतिबेला कानूनी सहयोग खोजिरहनु भएको छ । राजवंशी र कार्की छिमेकी हुन् । भदौ १० गते सम्ममा क्यानडा पठाउने वचन दिएका गुरुङले प्रयोग गर्ने ३ वटै मोबाइलको फोन स्वीच–अफ भएपछि उहाँहरूको क्यानडा जाने जाने सपना तुहिएको हो ।

कार्की र राजवंशीले २३ लाख ठगिएको बताए पनि उहाँहरूसँग ५ लाख रुपियाँ बुझाएको कागजात मात्र छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार