दश हजार ४ सयले बढ्यो तोलामा सुनको मूल्य

२०७७ जेष्ठ २५, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

सुनको मूल्य प्रतितोला दश हजार ४ सय रुपैयाँले बढेको छ। लकडाउनपछि आज पहिलोपटक सुनचाँदी बजार खुलेको छ। खुल्नेबित्तिकै प्रतितोला १० हजार ४ सय रुपैयाँले मूल्य बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

चैत १० गते छापावाला सुनको मूल्य ७७ हजार प्रतितोला रहेको थियो। आज अर्थात जेठ २५ गते सुुनको मूल्य प्रतितोला ८७ हजार ४ सय रुपैयाँ पुगेको छ।

त्यस्तै चाँदीको मूल्य पनि बढेको छ। चैत १० गते प्रतितोला ७ सय २० रुपैयाँ चाँदीको मूल्य ९ सय २५ रुपैयाँ पुगेको हो।

सुनको भन्सार दर ६ हजार ५ सय रुपैयाँ रहेकोमा बजेटले यसलाई ८ हजार ५ सय रुपैयाँ पु¥याइएको थियो।

त्यस्तै चाँदीको भन्सार दर प्रति १० ग्राम १० रुपैयाँले बढेको छ। यसअघि ७५ रुपैयाँ थियो, अब ८५ रुपैयाँ पुगेको छ। बजेटले भन्सारदर बढाएको तथा विश्व बजारमै सुनको मूल्य बढेकोले नेपालमा मूल्य बढाएको महासंघले जानकारी गराएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार