हङकङको विषयमा ट्रम्पले गरे चीनको गम्भीर आलोचना

२०७७ जेष्ठ १७, शनिबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हङकङलाई निशाना बनाएर ल्याइएको नयाँ सुरक्षा कानूनलाई लिएर चीनको आलोचना गरेका छन् ।

उनले अमेरिकाले हङकङको यात्रा तथा व्यापारलाई लिएर दिँदै आएको विशेष व्यवहार अन्त्य गर्न थाल्ने घोषणा पनि गरेका छन् । चीनले ल्याएको नयाँ सुरक्षा कानून दुःखद रहेको उनले बताएका छन् ।

यस्तै ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) सँगको अमेरिकी सम्बन्ध पनि ‘समाप्त’ गर्ने बताएका छन्।

चीनले भने पश्चिमा राष्ट्रहरुलाई हङकङमा दखल दिन बन्द गर्न आग्रह गरेको छ।

सुरक्षा सम्बन्धी नयाँ कानूनको विरोधमा हङकङमा प्रदर्शन हुँदै आएको छ । त्यसक्रममा प्रहरीले सयौँ प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।

चीनले गएको हप्ता घोषणा गरेको सुरक्षा सम्बन्धी नयाँ कानूनको विरोधमा हङकङका प्रजातन्त्र पक्षधरहरु आन्दोलनमा उत्रिएका छन् ।

प्रजातन्त्र पक्षधरहरुले चीनले घोषणा गरेको नयाँ सुरक्षा कानून कार्यान्वयनमा आएमा अन्ततः हङकङको विलय हुन सक्ने बताएका छन् । यस्तै सो कानून हङकङको आधारभूत स्वतन्त्रता र कानूनी शासनको भावना विपरित रहेको प्रदर्शनकारीको भनाई छ ।

सन् १९९७ मा बेलायतले हङकङको सार्वभौमसत्ता चीनलाई सुम्पिएसँगै त्यहाँ उच्चस्तरको स्वायत्ततासहित एक देश दुई प्रणाली लागु छ । चीनको हिस्सा भएर पनि हङकङ अलग छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार