ठूलो क्यान्सरका लागि झारफुकजस्तो बजेट: भट्टराई

२०७७ जेष्ठ १६, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पूर्व अर्थमन्त्री डा. बाबुराम भट्टराईले ठूलो क्यान्सरका लागि झारफुकजस्तो बजेट आएको टिप्पणी गरेका छन्।

आजको बजेट भाषणपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै भट्टराईले कोरोनाको संकटका बेला परेको असर न्यूनीकरण गर्ने गरी बजेट आउन नसकेको बताए।

यो बेला बजेटमा रेल, पानीजहाज जस्ता विषयलाई समेट्नु जायज नभएको उनको भनाइ छ। बजेटमा करिब करिब पुरानै निरन्तरता देखिएको उनले बताए।

उनले भने ‘कोरोनाको संकटका बेला विशिष्ट प्रकारले जुन आउनुपर्थ्यो, विशिष्ट प्रकृतिको समाधानका लागि आएन, ठूलो क्यान्सरका लागि सामान्य झारफुकजस्तो आयो भन्ने मलाई लाग्छ।’

कोरोनाको महामारीका कारण शिक्षा, स्वास्थ्य रोजगार जस्ता क्षेत्रमा प्राथमिकता दिन खाेज्नु, तत्काल व्यवसायी तथा कृषि क्षेत्रमा राहत दिइनु सिद्धान्तत सही भए पनि व्यवहारिक रुपमा कार्यान्यन हुने अवस्था नदेखिएको उनले बताए।

भट्टराईले भने ‘दशौं लाख नेपाली विदेशबाट रोजगार गुमाएर फर्कदैछन् र उनीहरु प्राय अब ग्रामीण क्षेत्रमा हुनेछन् त्यसैले बजेट कृषि क्षेत्रमा बढी हुनपर्छ भन्ने थियो तर पोहोर साल कृषिको बजेट ३४ अर्ब थियो, अहिले ४१ अर्ब छ, सात अर्ब मात्र कृषिमा लगानी गरेर १०-१५ लाख युवालाई राेजगारी सिर्जना गर्न सक्नुहुन्छ, सक्नुहुन्न।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार