सुरक्षाकर्मीले लगाउने पोषाक र जुत्ता स्वदेशमै उत्पादन गरिने

२०७७ जेष्ठ १६, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं – सरकारले सुरक्षाकर्मीले लगाउने पोषाक र जुत्ता स्वदेशमै उत्पादन गर्ने भएको छ। बिहीबार आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो घोषणा गर्नुभएकाे हाे ।

‘राज्यको सुरक्षामा खतिएका सुरक्षाकर्मीले लगाउन पोषक र जुत्ता स्वदेशमै उत्पादनको व्यवस्था मिलाइने’, अर्थमन्त्री खतिवडाले भन्नुभयाे ।

कोरोना भाइरसको संक्रमण नियन्त्रण भए लगत्तै आवश्यक स्वास्थ्य सुरक्षा कायम गरी सहज सञ्चालमा ल्याइने पनि उहाँले जानकारी दिनुभयाे । स्वदेशी उद्योगलाई कर प्रणालीमा प्रोत्साहन गरिने उहाँको भनाइ छ।

एक प्रेदश एक पर्यटकीय गन्तव्यको स्थापना गरिने छ । त्यसका लागि सरकारले एक अर्ब २६ करोड रकम विनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार