जर्मन बुण्डेसलिगाः आरबी लेइप्जिगले दोस्रो स्थानमा उक्लिने मौका गुमायो

२०७७ जेष्ठ १५, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

जर्मन बुण्डेस लिगा फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा आरबी लेइप्जिगले दोस्रो स्थानमा उक्लिने मौक गुमाएको छ ।

घरेलु मैदानमा भएको खेलमा लेइप्जिग हेर्था बर्लिनसँग बराबरीमा रोकिएको हो ।

पहिलो हाफमा दुवै तर्फबाट एक–एक गोल भयो ।

यस्तै दोस्रो हाफमा पनि थप एक–एक गोल भयो ।

क्लोस्टेर्म्यान र स्कीकले गोल गरे ।

यस्तै हेर्थाका लागि ग्रजिक र पिएतेकले गोल गरे ।

हाल्स्टेन्बर्ग दोहोरो पहेँलो कार्ड पाएर बाहिरिएपछि आरबी लेप्जिग १० खेलाडीमा सीमित भयो ।

बराबरीपछि आरबी २८ खेलबाट ५५ अंकसहित तेस्रो स्थानमा छ ।

दोस्रो स्थानको बोरुसिया डर्टमुण्ड भन्दा दुई अंकले पछि रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार