sajalsandesh

२०७६ कार्तिक १६ गते शनिबारको राशिफल

२०७६ कार्तिक १६ गते शनिबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ?

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

दाम्पत्य जीवन सुखमय हुनेछ । धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । रोमाञ्चक यात्रा होला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

मनमा दुविधा उत्पन्न हुनेछ । प्रेममा बाधाका साथै मन कमजोर रहला । कुलतमा मन जानसक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

पारिवारिक सद्भाव बढ्नेछ । नयाँ कार्यको योजना बन्नेछ । सांस्कृतिक क्षेत्रमा रुची वढ्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

कला र गलाको प्रभाव बढ्नेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । आत्मिक सन्तुष्टि मिल्नेछ ।


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

मनमा सङ्का उत्पन्न हुनेछ । परिवारमा झैं–झमेलाको अवस्था आउला । व्यवसायमा मन्दी छाउला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

लक्ष्मी प्रसन्न हुने योग छ । मान प्रतिष्ठामा बृद्धि होला । नयाँ व्यक्ति संग भेटघाट हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । सांस्कृतिक क्षेत्रमा रुची ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । सरकारी निकाय बाट सहयोग मिल्नेछ । जोश जाँगर बढ्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

अरुको भर पर्दा धोका पाइने, हानि हुने र विश्वास गुम्ने सम्भावना छ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

पठनपाठनमा प्रगती हुनेछ । परिवारमा सुख सन्तोष छाउनेछ । कार्य क्षेत्रमा प्रगती हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

आँटेकोे र ताकेको कार्य पुरा होला । शुभकार्यको चर्चा चल्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

विद्या र बुद्धिके विकास हुनेछ । राजनीति अधिकारमा सफलता मिल्नेछ । धार्मिक कार्यमा रुची बढ्नेछ ।

ismt college
dish home