प्रधानमन्त्री ओली अस्पताल भर्ना

२०७६ कार्तिक १३, बुधबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली आज विहान ग्राण्डी अस्पताल भर्ना भएका छन् । उनको स्वास्थ्यमा समस्या आएपछि अस्पताल लगिएको प्रधानमन्त्री निवास बालुवाटार स्रोतले जनाएको छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले प्रधानमन्त्रीलाई नियमित फलोअपका लागि लगिएको जानकारी दिए । केही दिनअघि पनि प्रधानमन्त्री ओली ग्राण्डी अस्पतालमा दिनभरि बसेर आएका थिए । त्यतिवेला पनि उनको निजी सचिवालयले नियमित जाँचको लागि अस्पताल लगिएको जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार