पिङको विषयमा विवाद हुँदा खुकुरी हानाहान, ६ जना घाइते

स्थानीय युवाहरुबीच पिङको विषयमा…

२०७६ कार्तिक १३, बुधबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

रामेछाप – गोकुलगंगा गाउँपालिका वडा नं–६, फर्पुमा मंगलबार राति स्थानीय युवाहरुबीच पिङको विषयमा भएको झगडाले उग्र रुप लिएपछि दुई पक्षबीच खुकुरी हानाहान भएको छ ।

घटनामा ६ जना घाइते भएका छन् । घाइते हुनेहरुमा स्थानीय शुसिल तामाङ, धनबहादुर तामाङ, पदमबहादुर तामाङ, गोविन्दबहादुर तामाङ, सोमबहादुर गोलेलगायत रहेका छन् । घाइते ६ जनाकै जिल्ला सदरमुकाम मन्थलीमा रहेको रामेछाप सामुदायिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

तिहार मनाउन घर आएका युवाहरुबीच मंगलबार दिउँसो पिङ खेल्ने क्रममा विवाद भएको थियो । दिउँसोकाे विषयलाई लिएर राति पनि विवाद बढेपछि युवाहरुबीच खुकुरी हानाहान भएको हो ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । चाडपर्वको समयमा फर्पु गाउँमा यसअघि पनि विभिन्न विवादका घटनाहरु भइरहने गर्दथे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार