२०७६ कार्तिक १२ गते मंगलबारको राशिफल

२०७६ कार्तिक ११, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

२०७६ कार्तिक १२ गते मंगलबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ?

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

आफुले पाएको अधिकारलाई भरपुर प्रयोग गरि उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको तय गर्न सकिनेछ । धार्मिक स्थलको भ्रमण हुँनेछ भने आफ्नो सस्कार तथा रितिरिवाजमा जोगाउँन समय लगानि गर्नुपर्ने हुँन्छ । खोज तथा अनुशन्धानको क्षेत्रमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ भने दाम्पत्य जीवन खुसि रहनेछ ।

शुभ अंक — ७

शुभ रंग — कफि

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा)

परिवार तथा आफन्तजन सँग मनमुटाब बढ्नेछ भने पति पत्नि तथा माया प्रेममा अबिस्वास सिर्जना हुँनेछ । सवारि साधन तथा यात्रा गर्दा बिषेश ध्यान दिनुहोला दुर्घटना तथा अप्रिय घटना घट्न सक्छ । बिद्या तथा प्रतिश्पर्धामा सफलता पाउँन निकैनै मेहनेत गर्नुपर्नेछ । स्वास्थ्य सम्बन्धि समस्याले सताउनेछ भने आफन्त तथा बिस्वास गरेकैहरुबाट धोका हुँनेछ ।

शुभ अंक — २

शुभ रंग — खरानि

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

पर्यटकिय तथा रमाईलो यात्रा हुँनेछ भने भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको योग रहेको छ । व्यापार व्यावसायबाट प्रशस्त आम्दानि हुँनेछ । माया प्रेम तथा पति पत्निबिचको सम्बन्धमा बिश्वासको बाताबरण मजभुत भएर जानेछ । पारिवारिक माहोलमा दिन बित्न तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई पछि पारि आफु अगाडि बढ्ने समय रहेको छ ।

शुभ अंक — ६

शुभ रंग — निलो

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

अघिपछि तपाईका कुरा काट्नेहरु तपाईको प्रशंसा गर्दै जानेछन् । बिद्या तथा प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई हराउँदै निर्यायक तहमा पुगिनेछ । न्यायिक निर्णयहरु तपाईको पक्षमा आउँने हुँनाले मन प्रसन्न हुँनेछ । पुराना स्वास्थ्य सम्बन्धि समस्या भए समाधान भएर जानेछ । ऋण तथा संकटबाट छुटकारा पाउँने समय रहेकोछ । व्यापार व्यावसायमा सुधार भई प्रशस्त आम्दानि हुँनेछ ।

शुभ अंक — ५

शुभ रंग — सेतो

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

अध्ययनमा मन जानेछ भने सफल हुँने सुत्र पत्ता लगाउँन सकिने हुँदा नतिजा आफैतिर ल्याउँन सकिनेछ । व्यापार व्यावसायमा लगानि गरि मनग्गे धन तथा सम्पति कमाउँन सकिनेछ भने स्कुल कलेजमा गरिएको लगानिबाट प्रशस्त आम्दानि हुँनेछ । माया प्रेमका कोपिलाहरु फक्रियर जानेछन् भने नयाँ ठाउँबाट प्रेम प्रस्ताब आउँनेछ । आकस्मिक धन तथा सम्पति हात लागि हुँने योग रहेकोछ । आष मारेको काम बन्नाले मन प्रशन्न हुँनेछ ।

शुभ अंक — ६

शुभ रंग — कफि

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा)

घर परिवार, आफन्त तथा आमासँग घरायसि कुरामा बिवाद सिर्जना हुँन सक्छ ध्यान दिनुहोला । कृषि तथा पशुपालन व्यावसायमा समय लगानि गर्नेहरुका लागि भने समय उत्तम रहेकोछ । तपाईले शुरु गर्नुभएको काममा बिभिन्न बाधा तथा अवरोधहरुबको सामना गर्नुपर्नेछ । तपाईले बनाएका गोप्य योजनाहरु सार्वजनिक गर्न केहि समय पर्खदा राम्रो हुँनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा प्रशस्त समय खर्चिय पनि भनेजस्तो नतिजा हात नलाग्न सक्छ ।

शुभ अंक — ६

शुभ रंग — हरियो

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)

दाजुभाई तथा छिमेकि सँगको सम्बन्धमा नयाँ आयाम थपिनेछ । पराक्रम बढ्ने हुनाले शाहशिलो काममा हात हाल्नुहोला सफलता मिल्नेछ । वादबिवाद तथा मुद्दामामिलामा तपाईकै जित हुँनेछ । माया प्रेममा सामिप्यता बढ्नुको साथै पति पत्नि बिच मायाको डोरो कसिलो भएर जानेछ । उद्योग ब्यापार ब्याबसायमा प्रशस्त आम्दानि हुँनेछ । छोटो तथा अर्थपुर्ण भ्रमणको तय हुँनेछ । बिद्यामा सोचेजस्तै सफलता पाईनेछ ।

शुभ अंक — ३

शुभ रंग — सेतो

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)

बोलिको प्रभाव बढ्ने हुँदा बोलिकै भरमा कामहरु हुँनेछन् । कार्यक्षेत्रमा तपाईको निर्णयको उच्च कदर हुँनेछ । आफन्त तथा परिवारका सदस्यहरु तपाईको कामदेखि खुसि हुँनेछन् । सभा सभारोहमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ । व्यापार व्यावसाय फस्टाएरु जाने हुँनाले आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ ।

शुभ अंक — ४

शुभ रंग — कफि

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

आम्दानिका नयाँ नयाँ स्रोतहरु फेला पार्न सकिने तथा व्यापार व्यावसायमा लगानि गरि यथेष्ट लाभ लिन सकिनेछ । काम गरि अरुलाई प्रभावित पार्न सकिनेछ भने समाजमा मान सम्मानमा बृद्धि भएर जानेछ । अध्ययनमा प्रगति हुँनेछ भने अरुलाई पछि पार्दै नतिजा आफैतिर ल्याउँन सकिनेछ । राजनिति गर्नेहरुले राज्यबाट पद पाउँने समय रहेकोछ । बिलाशि बस्तुको प्रयोग मार्फत अरुको मन लोभ्याउँन सकिनेछ ।

शुभ अंक — ३

शुभ रंग — सुन्तला

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

अस्वभाविक खर्च बड्ने हुँदा मन चिन्तित रहनेछ । शारिरिक कष्ट तथा आखाँमा समस्या देखिन सक्छ । मान सम्मान तथा ईज्जत प्रतिष्ठा गुम्ने खतरा रहेकोछ सजक रहनुहोला । व्यापार व्यावसायमा नाँफा कमाउँन निकैनै सघर्ष गर्नुपर्ला । बैदेशिक क्षेत्रसँग सम्बन्धित व्यावसाय भने फस्टाएर जानेछ । बिद्यामा सोचेजस्तो प्रगति गर्न निकै समय कुर्नु पर्नेछ । आफन्त तथा परिवारजन तपाईदेखी टाडिन सक्छन् ।

शुभ अंक — २

शुभ रंग — हरियो

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

लाभ स्थानमा गोचर गर्ने चन्द्रमाले व्यापार व्यावसायमा लगानि गरि मनग्गे नाँफा कमाउँन सकिनेछ भने सरकारि स्रोत साधन प्रयोग गर्न पाईने योग रहेकोछ । पैत्रिक धन तथा सम्पति हातलागि हुँने योग रहेकोछ । शिक्षा भनेजस्तो गतिमा लान सकिनेछ भने प्रतिष्पर्धिहरुलाई किनारा लगाउँनदै आफ्नै पोल्टोमा नतिजा ल्याउँन सकिनेछ । प्रेममा सामिप्यता बढेर जाने ग्रहयोग रहेकोछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

आज गरिएको लगानि फस्टाएरु जने हुँनाले व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ । नयाँ काम खोज्दै हुँनुहुँन्छ भने समयले रोजगार दिलाउँने तथा कामका बढुवा हुँने योग रहेकोछ । पढाई लेखाईमा तपाईको नाम अग्र स्थानमा आउँनेछ । माता पिताको सहयोगले राम्रा कामगरि समाजमा नाम तथा दाम दुवै कमाउँन सकिनेछ । गीत संगित क्षेत्रमा रुचि बढ्ने हुँदा केहि समय रमाईलोतिर पनि समय खर्च हुँनेछ । समयको गतिसँगै अगाडि बढ्न सकिने हुँनाले आर्थिक रुपमा सम्पन्न हुँन सकिनेछ ।

शुभ अंक — ६

शुभ रंग — सुन्तला

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार