ओली–प्रचण्डबीच बालुवाटारमा वान टु वान भेटवार्ता

२०७६ कार्तिक ११, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा वान टु वान भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा एक घण्टा ओली र प्रचण्डबीच ‘वान टु वान’ भेटवार्ता भएको हो । ओली र प्रचण्डबीच दुरी बढेको भन्ने समाचार सार्वजनिक भएपछि उनीहरुबीचको सम्बन्धलाई लिएर विभिन्न अड्कलबाजी भएका थिए । विभिन्न अड्कलबाजी चिर्न र सम्बन्ध सुमधुर रहेको सन्देश दिन पनि दुई बीच भेटवार्ता भएको बुझिएको छ ।

भेटमा मंसिर १४ हुने उपनिर्वाचन, पछिल्लो राजनीतिक अवस्था, पार्टी एकता लगायतका विषयमा कुराकानी भएको बताइएको छ ।

तर बाकुबाट फर्कने क्रममा प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अर्का अध्यक्ष प्रचण्डसँग आफ्नो कुनै दुरी नबढेको बताएका थिए । अध्यक्ष प्रचण्डले पनि दुरी बढेको हल्ला निराधार भएको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार