मृतकका नाममा सुरक्षाभत्ता लिइयो

पहिल्यै मृत्यु भइसकेका वृद्धवदा एवं बसाइँ सरेर अन्यत्र गइसकेका वृद्धवृद्धाको…

२०७६ कार्तिक १०, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पत्रपत्रिका – बराहपोखरी गाउँपालिकामा मृत्यु भइसकेका र बसाइँ सरिसकेका व्यक्तिको नाममा पनि सामाजिक सुरक्षाभत्ता निकासा भइरहेको खुलेपछि छानबिन समिति गठन गरिएको छ ।

बराहपोखरी गाउँपालिका–१ बराहपोखरीमा पहिल्यै मृत्यु भइसकेका वृद्धवदा एवं बसाइँ सरेर अन्यत्र गइसकेका वृद्धवृद्धाको लगत कट्टा नगरी समाजिक सुरक्षा भत्ता निकासा गर्ने काम भइरहेको भन्दै उजुरी परेपछि गाउँपालिका बैठकले गाउँपालिका उपाध्यक्ष गोमादेवी मगरको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेको हो ।

यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार