युएईबाट नेपाली श्रमिकको प्रधानमन्त्रीलाई खुल्ला पत्र !

२०७७ बैशाख २४, बुधबार प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

सम्माननिय प्रधानमन्त्री ज्यु,
प्रधानमन्त्री तथा मन्त्री परिषदकाे कार्यालय,
सिँहदरबार, काठमाडौं ।

विषय :- खाडीबाट नेपाली नागरिक फर्काउने र व्यस्थापन गर्ने सम्बन्धमा ।

महोदय,
सम्माननिय प्रधानमन्त्री के.पी.शर्मा ओली ज्यु बिश्व अहिले कोरोना ( कोभिड-१९ ) भाइरस को संक्रमणबाट गुज्रिरहेको अबस्था सबैमा सर्वविदितै नै छ । संसारभर यसको असर र प्रभाब दिनानुदिन बढ्दै गइरहेको भन्ने बिषयमा हजुरपनि जानकारै हुनुहुन्छ ।

यस विषम परिस्थितिमा काेरोना भाइरस (कोभिड – १९ ) को संक्रमणबाट देश भित्रका नागरिककाे रक्षा गर्दै , खाडि लगायत विभिन्न राष्ट्रमा रहेका आफ्ना नागरिक लाई बचाउनुपर्ने अत्यन्तै ठुलाे जिम्मेवारी हजुरकाे काधमा रहेकाे छ । यस जिम्मेवारी र तत्कालकाे आवश्यकतालाई मध्यनजर गर्दै नेपाल सरकारको तर्फबाट गरिएको लकडाउन, सिमा नाकामा कडाई र अन्तर्राष्ट्रिय उडान बन्द गरिएकाे एकदमै स्वागत योग्य छ भन्ने हामी सम्पुर्ण नेपालीहरुले महशुस गरेका छौं ।

त्यस्को लागि प्रधानमन्त्री ज्यु प्रति आभारी छौं । तर याे समय लम्बिदै जादा अन्याेल बढदै गईरहेकाे छ । यसले परदेशमा रहेका लाखाैं नेपालिहरु निरास हुँदै गएका छाैं ।

नेपाल आमाका लाखौं लाख सन्ततीहरु कोइ रोजगारी को सिलसिलामा त , कोइ अध्ययनको सिलसिलामा परदेशिएको यथार्थ अबस्था प्रधानमन्त्री ज्यु लाई पनि अभगत नै छ । अहिले हरेक देशमा कोरोना भाइरस को संक्रमण उच्च जोखिममा रहेको अबस्थामा खाडि क्षेत्रमा यसबाट संक्रमित हुनेकाे संख्या दिनप्रतिदिन बढदै गईरहेकाे छ ।

यसकाे चपेटामा धेरै नेपालीहरु पनि परिरहेका छन । यस संक्रमणबाट खाडिमा नेपाली नागरिकहरुले ज्यान समेत गुमाउनु परेकाे छ । यहाँ रहेका हामी नेपाली ज्यादै त्रसित भएर बसिरहनु परेकाे अबस्था छ । ज्यादै धेरै नेपाली रोजगार बिहिन भएर बसिरहेका छन । त कतिपय नेपालीहरु बाध्य भएर आफ्नो जीवन नै जोखिममा राखेर काम गर्नुपर्ने अबस्था छ ।

खाडिमा नेपालिहरु पिडापुर्ण अबस्थाबाट गुज्रिरहेकाे विभिन्न संचार माध्यमले खबरहरु पनि सम्प्रेषण गरेका छन । यहाँ को अबस्था सम्माननिय प्रधानमन्त्री ज्यु ले सोच्नु भएको भन्दा नि दयनीय र पीडादायि छ । यस्ताे त्रासदि पुर्ण अबस्थामा हामी अाफ्नाे जन्मभुमि देश फर्कन र अाफ्नाे परिवारलाई भेटन चाहन्छाै !! पिडादायी समयमा परिवार र अाफन्तकाे कति महत्व हुन्छ त्याे तपाईलाईपनि थाहा छ । तपाईपनि देश र जनताकाेलागी १४ बर्ष जेलमा पिडादायि समय भाेगेर अाउनुभएकाे हाे ।

वैदेशिक रोजगारीमा रहेका नेपाली मार्फत देशमा भित्रिने रेमिटेन्स ले देशकै मेरुदण्डको रूपमा काम गरि देशको अर्थतन्त्र मजबुत बनाएको सत्यलाई आत्मसात गर्दै, हामी सम्पूर्ण परदेसमा रहेका नेपालीहरुको भुमिकालाई पनि सम्माननिय प्रधानमन्त्री ज्यु ले बुझनु भएर आफ्ना नागरिक प्रति गम्भीरताका साथ प्रस्तुत भएर अन्तर्राष्ट्रिय उडानलाई चाँडाे भन्दा चाँडाे सुचारु गरि बिदेशबाट आएका सम्पुर्ण नेपाली नागरिकहरुलाई नेपाल एयरपोट मा नै कोरोना भाइरस (कोभीड-१९) काे परिक्षण गर्ने ब्यबस्था मिलाउनु हुनेमा ब बिस्वस्त छु ।

नेपाल झरेपछि जो कोरोनो पोजेटिभ छन, तीनहरुकालागि नेपाल सरकार ले छुट्टै स्थानमा क्वारेन्टाइन को ब्यबस्था गरेर उसलाई त्यहाँ रहदा बस्दा लाग्ने लागत खर्च के कति लाग्छ ( सम्बन्धित ब्यक्ति ले ब्यहोर्ने हिसाबले ) तोकि सर्बसुलभ सेवा( १५ मिनेट मा परिणाम आउने किट ) को ब्यबस्थापन गर्ने र जो कोरोनो (कोभीड-१९) परिक्षण गर्दा नेगेटिभ देखिएका छन उसलाई घरमै १५-२० दिन क्वारेन्टाइन मा बस्नकालागि पठाउने ब्यवस्था मिलाई हामी परदेशिलाई स्वदेस फर्कने ब्याबस्था मिलाउनु हुनेछ भन्नेमा हामी पुर्ण अासावादी छाैं ।

हजुरकाे अग्रसरतामा चाडाे भन्दा अन्तरास्ट्रिय उडान सुचारु गरेर हाम्राे पिडामा मलम लगाउनुहुनेछ भन्ने आशा अनि भरोसा हामी सम्पुर्ण परदेसिएका नेपालीहरुले हाम्रा सम्मननिय प्रधानमन्त्री ज्यु बाट गरेका छौं ।

उहि तपाईकाे नागरिक,

मिलन अधिकारी, युएई ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार