प्रहरीको कुटपिटबाट भरतपुर अस्पतालका ६० वर्षीय कर्मचारीको हात भाँचियो

२०७६ कार्तिक ९, शनिबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

चितवन – प्रहरीको निर्घात कुटपिटबाट भरतपुर अस्पतालको पोस्ट मार्टम कक्षमा कार्यरत कर्मचारीको हात भाँचिएको छ । प्रहरीको कुटपिटबाट कात्तिक ७ गते बिहानको समयमा अस्पतालमा कार्यरत कर्मचारी ६० वर्षका पूर्ण विकको हात भाचिएको हो ।

त्यसतै उत्त अस्पतालका अर्का कर्मचारी ४९ वर्षका देव आनन्द राई घाईते भएका छन् । घाइते राईको ढाडमा नीलडाम छ भने विकको हात भाँचिएको हो । बिहीबार बिहान ६५ वर्षीया एक महिलाको पोस्ट मार्टम गर्ने क्रममा कानमा लगाएको गहना चोरी गरेको आरोपमा आफूहरुमाथि लाठीले हानिएको घाइते राईले बताए ।

घाईते राई अहिले प्रहरीले नै कुटेको घटनामा न्याय माग्न कहाँ जाने भनी आफूहरु घरमै आराम गरेर बसेका छन् । घाइते राई हिँड्न सक्ने अवस्थामा छैनन् । घटना भए पनि भरतपुर अस्पताल प्रशासनले कुनै चासो तथा खोजबिन नगरेको उनको भनाइ छ ।

घटनाका आरोपित प्रहरी हबलदार जमिर अलिसेखले चोरी भएको गहना खोज्ने क्रममा कुरा नखोलेपछि सोधपुछका क्रममा कुटपिट गरेको स्वीकार गरेका छन । यता यस बिषयमा जिल्ला प्रहरी कार्यलय चितवन भने प्रहरीमा आएको उजुरी उपर कारवाही अगाडी बडाउने बताएको छ ।

पीडित राई र बिकले प्रहरी हबलदार अलिसेखविरूद्ध राई आफैँले शुक्रबार जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएका छन् ।उजुरीमाथि छानबिन गरी दोषीलाई कारबाही गरिने चितवन प्रहरी प्रवक्ता डिएसपी एकनारायण कोइरालाले बताए ।घाइते राईले शुक्रबार नै भरतपुर अस्पतालमा पनि घटनाको छानबिनका लागि भन्दै निवेदन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार