sajalsandesh

होटल मनाङमा महानिरीक्षक खनालको अवैध लगानी

काठमाडौं – प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आफु निकट व्यक्ति मार्फत ठमेलको होटल मनाङमा लगानी गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले होटल मनाङमा देखिने लगानीकर्ता बाहेक त्यसको नाफामा तेस्रो व्यक्ति समेत हिस्सेदार रहेको अनुसन्धानमा भेटेको हो।

होटल मनाङका संचालक तथा अध्यक्ष भुजुङ गुरुङ हुन्, जो २०७४ चैत २३ मा सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा प-क्राउ परेपछि हिरा-सतमा छन्। उनी प-क्राउ परेपछि होटलको शेयर रातारात विभिन्न व्यक्तिका नाममा नामसारी भएको थियो।

विभागले प्रारम्भिक अनुसन्धानमा ‘थर्ड पर्सन बेनिफिसियरी’ देखिएकाले विस्तृत अनुसन्धान भइरहेको जनाएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका महानिर्देशक रुपनारायण भट्टराईले होटल मनाङको लागानीबारे विस्तृत अनुसन्धान गर्ने क्रममा तेस्रो व्यक्तिहरु समेत संलग्न भेटिएकाले उनीहरूबारे बुझ्ने काम भइरहेको बताए।

‘अनुसन्धानको क्रममा केही व्यक्तिहरुको संलग्नता भेटिएको छ’, महानिर्देशक भट्टराईले शुक्रबार नेपालखबरसँग भने, ‘अनुसन्धान अघि बढाउँदै हामीले तेस्रो व्यक्तिका विषयमा सूचना संकलन गरिरहेका छौं।’

विभाग स्रोतका अनुसार होटल मनाङमा महानिरीक्षक खनालले देवेन्द्र गिरी र सुचित्रा भण्डारी गिरी मार्फत सुरुदेखि नै लगानी गरिरहेको भेटिएको हो। ‘घटनाक्रमले महानिरीक्षक खनाल भुजुङको अ-वैध धन्दा र अप-राध कर्मका विषयमा आफु विमानस्थलमा कार्यरत रहँदादेखि नै जानकार रहेको देखाउँछ’, विभागका एक अनुसन्धान अधिकारीले भने, ‘उनले गिरी दम्पत्ती मार्फत सुरुमा र पछि कम्पनी मार्फत समेत लगानी गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको हो।’

विभागले सुरुमा सुन तस्करी प्रकरणमा कारागारमा रहेका भुजुङ गुरुङमा केन्द्रित रहेर मनाङ होटलमाथि अनुसन्धान थालेको थियो। गत जेठ देखिको अनुसन्धानमा हालका लगानीकर्ता बाहेकका व्यक्तिका विषयमा सूचना आएपछि विस्तृत अनुसन्धान गर्ने निर्णयमा विभाग पुगेको हो।

विभागका अनुसार होटल मनाङका नयाँ अध्यक्ष तथा लगानीकर्ता हेमबहादुर गुरुङ देखिएका छन्। यस्तै होटलकै पुराना कर्मचारी देवेन्द्र गिरी, उनकी श्रीमती सुचित्रा भण्डारी गिरी, ललितपुरका उज्वल सिलवाल र सिंग ग्लोबल इन्भेष्टमेन्टका नाममा भुजुङ र उनको परिवारका सदस्यको नाममा शेयर नामसारी भएको छ।

देवेन्द्र, सुचित्रा र सिंग ग्लोबल इन्भेष्टमेन्ट मार्फत प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले लगानी गरेको विभागको प्रारम्भिक अनुसन्धानमा देखिएको हो। यस्तै अन्य सरकारी अधिकारी समेतले होटल मनाङमा सम्पत्ती शुद्धिकरणका लागि लगानी गरेको आशंका विभागको छ।नेपाल खवर

ismt college
dish home