३३ तोला सुनसहित भारतीय नागरिक सम्पर्कविहीन

२०७६ कार्तिक ८, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

कास्की – पोखराको न्यूरोडमा रहेको गोरखा एण्ड बराह ज्वेलर्स इण्डष्ट्रिज प्रालिमा काम गर्ने एक व्यक्ति ३३ तोला सुनसहित सम्पर्कविहीन भएका छन् ।

भारतको कलकत्ता घर भएका अन्दाजी ३७ वर्षीय रञ्जन राजवंशी बुधबार दिउँसो ३ बजेदेखि सम्पर्कविहीन भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिनुभयो ।

राजवंशी लामो समयदेखि गोरखा एण्ड बराह ज्वेलर्स इण्डष्ट्रिज प्रालि काम गर्दै आइरहेका थिए ।

ज्वेलर्सको ३३ तोला सुन लिएर सिर्जनाचोकमा रहेको गहना बनाउने ठाउँमा लिएर गएकामा बेखबर भएको सूचना प्राप्त हुनासाथ तत्काल प्रहरी परिचालन गरी घटनाका सम्बन्धमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार