बन्दाबन्दीमा एक शिक्षकको विद्यार्थीलाई पत्र !

२०७७ बैशाख ८, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

प्रिय बिद्यार्थी,

तिम्रो र मेरो कक्षा कोठाको प्रत्यक्ष सम्पर्क २०७६ चैत्र ११ गते देखि हुन पाएको छैन ।

नेपालका शिक्षाविद् , विभिन्न निजि विद्यालय तथा क्याम्पसहरुले कृतिम कक्षा , दुर शिक्षा कक्षा , टेलिभिजन तथा रेडियोबाट आफ्ना विद्यार्थीहरुलाई कक्षा लिइरहेको कुरा सामाजिक संजालबाट थाहा पाएर तिमीसँग सम्पर्क गर्ने प्रयास गरे !

तर तिमीसंग सम्पर्क हुन नसक्दा मेरो प्रयास अधुरो भयो ! मलाई थाहा छ, आर्थिक बिपन्नताले तिम्रो सम्पुर्ण परिवार तिम्रो अध्ययन र परिवारको भोको पेट पाल्न साथै आर्थिक जोहो गर्नका लागी  कालापहाड जानु भएको छ ।

उहाहरु सरकारले गरेको ‘बन्दाबन्दी’ ले उतै रोकिनु भयो, तिम्रो गाउँघरमा बिजुली नपुगेको हुदा सुचना प्रविधिको पहुच हुने त कुरै भएन ।

तिमिले एक दिन भनेकै थियौ रेडियो सुन्न , नेपाल टेलिकम  र एनसेलबाट फोन सम्पर्क गर्न घर देखी आधा घन्टा माथिको डाडामा पुग्नु पर्छ भन्ने तिम्रो बाध्यता थाहा हुदाहुदै सुबिधा सम्पन्न स्थानमा बसेर शिक्षण बिधिका कुरा गर्नेको पछि लाग्ने म पनि एक पात्र बने ।

त्यसैले तिमीसंग सम्पर्क गर्ने अन्तिम विकल्पको रुपमा यो पत्र कोरिरहेको छु । लाग्छ यो पत्र तिमिसम्म पुग्दा देशको स्थिती सामान्य भैसक्ने छ होला ।

जे जस्तो भए पनि यो देशको भविष्यका कर्णधार तिमि जस्तै बिपन्न र दुर्गम क्षेत्रमा जन्मिएकाको हातमा छ किन कि सुबिधा सम्पन्न शहर बजारका उत्पादिन जनशक्ति युरोपेली तथा अमेरिकी मुलुकका रोजगार बन्न पुन पक्कै जाने नै छन ।

त्यसैले तिम्रो आफ्नो तथा देशको उज्ज्वल भविष्यका लागि कक्षा सन्चालन हुँदा शिक्षकहरुले अध्ययनका लागी गर्नुभएको अभिमुखिकरण नै स्वयं पुनर्ताजगीका लागी दिनहुँ साझ बिहान २/२ घन्टा अनिवार्य रुपमा पढ्दै गर्नु र अलमलमा परेका कुराहरू टिपोट गर्दै राख्नु।

यो नै तिम्रो अध्ययन र मेरो शिक्षण विधिको अन्तिम विकल्प हो ।

स्थिती सामान्य भए पछि ती कुराहरुमा पुन छलफल गरौला । आफ्नो पारिवारिक स्थितिका कारण घरको मुलिको रुपमा रहनु भएको आमालाई हरेक कुरामा सघाउनु।

भाइ र बहिनी लगाएत भतिजा भतिजिलाइ पनि अध्ययनका लागि आफैसंग राखी अभिमुखिकरण गर्दै जानु।

किताबी ज्ञानलाइ प्रमाणपत्रमा ठुला ठुला आकार्षक अंकले भर्ने मात्र नभई दैनिक जीवनमा भैपरी आउने आफै नगरी नहुने कुराहरु व्यवहारिक ज्ञान सिक्ने अत्याधिक कार्य गर्नु ।

भाइ बहिनी लगायत परिवारमा घर आगन कोठा सरसफाइमा ध्यान दिनु । आफुले खाएको खाना पछि   भाडाकुडा तथा लगाएका कपडा धुन सिक्नु । उध्रेका कपडा सिलाउन र टाँक लगाउन सिक्नु। आफ्नो कपड़ा र जुत्ता मोजा लगाइ जुत्ताको तुना बाध्न सिक्नु।

तरकारी काट्न र खाना बनाउन सिक्नु । करेसाबारी निर्माण गर्न सिक्नु । सामाजिक संस्कार तथा नैतिक शिक्षामा ध्यान दिनु । आफू भन्दा ठुलालाई आदर र सानालाइ माया गर्न सिक्नु ।

अभ्यासले मानिसलाई पुर्णता दिन्छ भन्ने भाबनाको विकास गर्नु ।

नेपाल कृषिप्रधान देश भएको हुँदा हालको कोरोना संक्रमणको अवस्था सामान्य भएपनि नेपालमा पक्कै खाद्य  संकटको समस्या आउने नै भएको हुँदा आफ्नो अधिनमा रहेको खेतबारीमा आफुले जाने बुझे सम्म आधुनिक प्रविधिबाट खेती गर्न अग्रसर हुनु र आफ्ना परिवारका सदस्य लगायत छिमेकीलाई प्रेरित गर्नु ।

कुनै कठिनाइ भएमा पत्र मार्फत जानकारी गराउनु म समस्या समाधानमा मद्दत गर्ने नै छु।

उही तिमिलाई माया गर्ने शिक्षक

अनन्त राज पन्त (कर्णाली )

भैरब मा. वि चिङ्गाड ५ अवलचिङ ,सुर्खेत

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार