आम नेपालीको मन बोल्ने गीत “घर फर्कौँ कसरी… ?”

२०७६ कार्तिक ७, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौ – “चाड हास्दै आउँछ रुवाउँछ बाबा के पठाउँ चुडेर, बन्धकमा जीवन नभए आउँथे आजै म उडेर” यो उद्गारको लामो व्याख्या गरिरहनु पर्दैन । हामी अधिकांस नेपालीको प्रत्येक घरको मनको घाऊ हो यो उद्गार । घरपरिवारबाट टाढा बसेकाहरूको मनमा कस्तो ज्वारभाटा चल्छ होला? जसले वाध्यताबश चाडबाडमा खाली शहरको रखवाली गरिरहेका हुन्छन् । यो गीतले फ्याट्टै भनिदिएको छ ।

“के छर त्यस्तो नसोध्नु आमा त्यो राजधानीमा, केही बन्छु भन्ने मृग तृष्णा छ यो जिन्दगानीमा ।” हरेक मानिस आँखामै एउटा गहिरो मृगतृष्णा बोकेर हिँडिरेको हुन्छ । ऊ प्रत्येक पल संसार जित्ने संकल्पमा हुन्छ । तर मृगतृष्णा भनेको कस्तुरीले वृन्दा भेट्नु जस्तै हो । यो समय हरेक मान्छे आफ्नो घर, परिवार, बुबाआमा छोेडेर आँखाको मृगतृष्ण पूरा गर्न कोही स्वदेशमै पलायन भएका छौँ त कोही विदेश पलायन भएका छौँ । हामी प्रत्येकले घर फिर्ने बेलामा के सोच्छौँ, त्यो मनोविज्ञान सर्लक्कै यो गीतमा उतारिएको छ ।

एकदमै यथार्थ शब्दमा मनछुने संगीत भरिएको गीतका शब्द रचनाकार चर्चित ढुङ्गेल हुन् । गीतलाई संगीत भरेर प्राण दिने काम गौरभ दर्पणले गरेका छन् । गीत गाएपछि मात्रै गीत बन्छ । गायनमा दीपक भन्जा खरो उत्रिएका छन् । पर्पल स्टुडियोमा रेकर्डिङ भएको उक्त “घर फर्कौ कसरी” बोलको गीतको संगीत संयोजन भने फडिन्द्र राईले गरेका छन् ।

गौरभ दर्पण आफैँले निर्देशन गरेको उक्त गीतको म्यूजिक भिडियोमा कलाकारहरू सुदीपजङ कार्की र इन्दु कोइराला रहेका छन् । गीतका संगीतकार तथा निर्देशक गौरभ दर्पणले भने “गीतले आम नेपालीको मन बोकेको छ, यो गीतलाई आम नेपालीले माया गरिदिनुहुन्छ भन्नेमा हामी विश्वस्त छौँ ।”

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार