sajalsandesh

कात्तिक १० गते एकैदिन कुकुर तिहार र लक्ष्मीपूजा !

काठमाडौँ – यस वर्षको तिहारमा कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको छ ।

पाञ्चांग निर्णायक समितिका अनुसार कात्तिक १० गते एकैदिन कुकुर तिहार र लक्ष्मीपूजा परेको हो ।

समितिले एक विज्ञप्ति जारी गरि कात्तिक ९ गते शनिबार कागतिहार , १० गते कुकुर तिहार र लक्ष्मीपूजा ,कात्तिक ११ गते गाईगोरु पूजा, म्हपूजा र १२ गते भाइटिका परेको जानकारी गराएको हो ।

कात्तिक १२ गते मङ्गलबार बिहान ११ः५५ बजे भाइटीकाको साइत उत्तम रहेको समितिले जनाएको छ । मङ्गलबार दिनभर टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि अभिजित् मुहूर्तको शुभ साइत दिएको बताइएको छ ।

कात्तिक १२ गते भाइटीकाकै दिन यस वर्ष नेपाल सम्वत्अनुसार नयाँ वर्ष मनाउनुपर्ने पनि समितिले जनाएको छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचनअनुसार यस्तो निर्णय गरिएको अध्यक्ष गौतमले बताए ।

भाइपूजा र नेवारी भाषामा किजापूजा पनि कात्तिक १२ गते नै गरिन्छ । कात्तिक १३ गते बिहान ६ः१८ बजेसम्म मात्र द्वितीया तिथि रहेकाले कात्तिक १२ गते नै भाइटीका मनाउन शास्त्र सम्मत हुने समितिको ठहर छ ।

ismt college
dish home