यी हुन् बिराटनगरका नायक !

२०७६ कार्तिक ७, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

विराटनगर- मानिस जो कोहीलाई ‘वाह’ भनिदैन । जसले समाजमा केहि दिन्छ अथवा दिन खोज्छ उसको चर्चा अबश्य हुन्छ । समाज रुपान्तरणका लागि एउटै मानिस राम्रो भए पुग्छ । यस्तै ब्यक्तिलाई हामी वाह… यस्ता ब्याक्तिलाई भनिरहेका छौ । ती हुन् विराटनगर महानगरका मेयर भीम पराजुली ।

उनको दैनिकी जव हामिले प्रत्यक्ष नियाल्ने मौका पायौ । विहान देखि राती सम्मको उनको खटाई । हामिपनि नतमस्तक भयौ । उनै पराजुली आज विराटनगरको विकासमा जुटिरहेका छन् । दिन होस या रातमा खटेर उनले देखाएको अग्रसरताले विकासको मुहान फुटिरहेको छ भन्दा फरक नपर्ला । एक दिन हैन हामिले महिनौ सम्म मेयर पराजुलीका गतिविधि नियाल्ने काम गरेका थियौ । उनले अहोरात्र विराटनगरको विकासमा देखाएको चिन्ता मात्रै पनि काफी छ । मेयर पराजुली भन्छन् विराटनगरको विकास मेरो मूल लक्ष्य हो । यसका अलवा शिक्षा र स्वास्थ्य क्षेत्रमा सम्झन योग्य काम गर्ने लक्ष्य उनको छ ।

अहिले विराटनगर बन्दै छ । धेरै ठाउँमा अझै पनि व्यवधानहरु छन् तर ती सवै बन्ने प्रक्रियामा छन् । विराटनगर महानगरमा सडक कालोपत्रे गर्ने काम तीब्र रुपमा अगाडी बढेको छ । नगरक्षेत्रमा सन्चालित आर.यु.डिपि आयोजना अन्तरगत कुल ७४.३ किलोमिटर सडक कालोपत्रे गर्नु पर्ने हो जस मध्ये ४५ किलोमिटर सडक कालोपत्रे गर्ने काम सकिएको छ ।

४० एम.एमको एसफल्ट कंक्रिट प्रयोग गरी सडक कालोपत्रेको कामलाई महानगरले द्रुतगतिमा अगाडी बढाएको छ । उक्त प्रविधि गुणस्तरको हिसाबमा बलियो र टिकाउ मानिन्छ । विकासका क्रममा नगरवासीहरुले भोग्नुपरिरहेको समस्या प्रति मेयर पराजुलीलाई चिन्ता छ । उनले केही महिना धैर्य गर्न आग्रह गर्दै आएका पनि छन् ।

विराटनगरका सवै बाटा चाढै बन्नेमा आम नगरवासीहरुलाई बिश्वस्त रहन पनि उनले आग्रह गरेका छन् । अहिले विराटनगरको सहिद मैदान ,बिरेन्द्रसभागृह हुदै कोशी अस्पताल अगाडी सम्म पीच गर्ने काम सकिएको छ । न्यूरो हस्पिटको बाटो र मेनरोड वजार क्षेत्रमा पीच गर्नका लागि अन्तिम तयारीमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार