sajalsandesh

लिफ्टले किचेर दमकमा एक कामदारको मृत्यु

झापा – झापाको दमक– ६ स्थित दमक महलको बिद्युतीय लिफ्टको कन्ट्रोलरले किचेर एक जना कामदारको मृत्यु भएको छ ।

दमक नपा ८ किरात चौकमा बस्दै आएका बर्ष ३५ का सन्तोष मगरको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय दमकका अनुसार महलभित्रको निर्माणाधिन बिद्युतीय लिफ्टमा वेल्डिङ गर्ने क्रममा माथिबाट लिफ्टको एक हजार किलोको कन्ट्रोलर मेशिन अचानक झरेर काम गरिरहेका मगरलाई किचेको थियो ।

घाइते मगरको उपचारकालागि बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमक प्रमुख प्रहरी नायव उपरीक्षक बिजयराज पण्डितले बताउनुभयो ।

ismt college
dish home