यस्तो आयो तीन दिनको मौसम पुर्वअनुमान !

२०७६ कार्तिक ७, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं अरब सागर तथा बंगालको खाडीमा रहेको न्यूनचापीय प्रणाली एवम् पश्चिमी वायुको प्रभावका कारण नेपालमा मौसम बदली भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पश्चिमी भूभागमा आंशिक बदली तथा मध्य र पूर्वी भू–भागमा सामान्य बदली रहेको छ ।

बिहीबार

देशका मध्य तथा पूर्वी भु–भागमा सामान्य बदली रहने तथा बाँकी भू–भागमा आंशिक बदली रहनेछ। मौसम विभागले बुलेटिन जारी गर्दै मध्य र पूर्वी भेगका थोरै तथा पश्चिमि पहाडि भेगका एक वा दुई स्थानमा वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको छ।

यस्तै राति देशका मध्य तथा पूर्वी भू–भागमा सामान्य बदली रहने तथा बाँकी भू–भागमा आंशिक बदली रहनेछ। मध्य र पूर्वी भेगका थोरै तथा पश्चिमी पहाडि भेगका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली भू–भागमा हल्का हिमपातको संभावना रहेको छ।

शुक्रबार

देशका मध्य तथा पूर्वी भू–भागमा सामान्य बदली रहने तथा बाँकी भू–भागमा आंशिक बदली रहनेछ। मध्य र पूर्वी भेगका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको छ।

यस्तै राति देशका मध्य तथा पूर्वी भू–भागमा सामान्य बदली रहने तथा बाँकी भू–भागमा आंशिक बदली रहनेछ। मध्य र पूर्वी भेगका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको छ।

शनिबार

देशभर आंशिकदेखि सामान्य बदली रही पहाडि भेगका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। यस्तै राति देशभर आंशिकदेखि सामान्य बदली रही पहाडि भेगका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार