र्‍यापर भीटेनलाई एक वर्षसम्म कैद हुन सक्ने

२०७६ कार्तिक ७, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं- बिहीवार पक्राउ परेका चर्चित र्‍यापर समिर घिसिङ ‘भीटेन’ लाई एक वर्ष कैद हुन सक्ने जनाइएको छ ।

महानगरीय अपराध महाशाखाका एसएसपी सहकुल थापाका अनुसार ‘अभद्र व्यवहार’मा उनीमाथि एक वर्ष कैद हुन सक्ने बताएका हुन् ।

यद्यपि उनीविरुद्धको मुद्दा भने सरकारी वकिलको कार्यालयले अदालतमा दर्ता गर्नेछ ।

गीतमा भएका शब्द र प्रहरीलाई उनले डन्ठे शब्दको प्रयोग गरेका छन् ।

यस्तो छ ‘हामी यस्तै त हो नि ब्रो’ गीतको एउटा अंश

अस्पताल गएको थिएँ अस्ति पट्यादिए मैले नर्सलाई

च्यप्प समातेर हानिदिए मैले त्यो नर्सको घाँटीमै लभ बाइट

यतिकैमा समाउन आयो हवल्दार

बाल छैन, बाल अहिले म त झ्याप

चौकी छिर्‍या डिएसपीलाई दिए अटोग्राफ

त्यो देख्दा डन्ठेहरु सबलाई आयो हार्ट अट्याक

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार