आँप उत्पादन बढ्ने सङ्केतः औषधि छर्न नपाएपछि चिन्ता

२०७७ बैशाख २, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

महोत्तरीसहित तराईका जिल्लामा यसवर्ष आँप उत्पादनमा वृद्धि हुने भएको छ ।

यसवर्ष आँपको रुखमा सबैतिर मज्जर (आँपको फूल) बढी मात्रामा लागेको देखेर किसान हर्षित भएका छन् ।

तर सरकारले चैत ११ गतेदेखि गरेको लकडाउनका कारण आँपमा छर्ने औषधिको अभाव देखिएको छ ।

फलस्वरुप आँपमा छर्न नपाएपछि मधुवा किराको प्रकोपले मज्जर र चिचिला झर्ने र उप्पादन घट्न सक्ने चिन्ताले किसानलाई सताएको छ ।

किसानहरु भन्छन, “माघ गुज्रियो, फागुनमा आँपमा मज्जर (फूल) लाग्यो र चैतमा अत्यधिक टिकोला (चिचिरा) देखिनु उत्पादन बढने सङ्केत हो । तर लकडाउनका कारण औषधि छर्न नपाएपछि मधुवा किराको प्रकोपले उप्पादन घट्न सक्ने सम्भावना पनि त्यतिकै रहेको छ ।”

लकडाउनका कारण किसानहरुले बगैंचालाई नियमित खनजोत, सिँचाइ तथा मलखादको प्रयोग गर्न समेत पाएका छैनन् ।

मधुवा रोगको दीर्घकालिन समाधानका लागि सरकारी स्तरबाट हालसम्म कुनै प्रयास भएको देखिदैन ।

लकडाउनका कारण प्राविधिक पहुँचबाट बञ्चित रहेका महोत्तरीका किसानहरु मधुवा रोगबाट बच्नका लागि बजारमा औषधिसमेत खरिद गर्न सकिएको छैन् ।

जिल्लाको सदरमुकाम जलेश्वर, मटिहानी, मनरा, सम्सी, खयरमारा, पिपरा, इटहर्वा, पर्सापतैली, सुगा, लक्ष्मीनिया, मडै, बर्दिवास, गौशालालाई आँप उत्पादनको पकेट क्षेत्र मानिन्छ ।

यस वर्ष जिल्लामा दुई हजार ६ सय हेक्टर क्षेत्रफलमा आँपखेती गरिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय