वास्तुशास्त्र : यी चीजहरु सिरानी मुनि राखेर सुत्नुस्, भाग्य चम्किन्छ

२०७७ बैशाख २, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

मानिसहरुको जीवन पद्धतिका विषयमा शास्त्रमा उल्लेख गरिएको हुन्छ ।

शास्त्रलाई मान्ने हो भने तपाईको जीवनमा आउने बाधा व्यवधान सहज रुपमा हटाउन सकिन्छ ।कहिलेकाँही मानिसहरुको जीवनमा धेरै समस्या एकैपटक निम्तिन सक्छन् ।

तर उनीहरुलाई थाहा हुँदैन कि यसको पछाडिको कारण के हो ? यस्तो अवस्थामा त्यस्ता समस्या समाधानको लागि वास्तुशास्त्रको साहारा लिनु उचित हुने ज्योतिष शास्त्रीहरु बताउँछन् ।

वास्तु शास्त्रका केही टिप्स यस्ता छन् ।राति सुतेको समयमा सिरानी मुनि गीता या सुन्रकाण्ड राखेर सुत्नुपर्छ ।

यसले तपाईका शुभ दिन शुरु हुने संकेत गर्छ । यसले तपाईको काममा प्रगति हुने र सफलता मिल्ने बताइन्छ ।

त्यस्तै वास्तुशास्त्रका अनुसार राति सुत्ने समयमा सिरानी मुनि मुला राखेर सुन्तपर्छ र विहान उठेपछि उक्त मुला शिवलिंगलाई चढाउनाले राहुको दोष निवारण हुने बताइन्छ ।

घरमा पति–पत्नीबीचको सम्बन्धमा सुमधुरता छैन भने मंगलबारको राति मुमको दाललाई कुनै हरियो रंगको कपडामा बाधेर सिरानीमुनि राख्नुस् र विहान उठेर उक्त कपडा कुनै कन्यालाई दान गनुस् अर्थात दुर्गा मन्दिरमा अर्पण गर्नाले घरमा हुने कलह दूर हुनुका साथै आय–आर्जनमा समेत वृद्धि हुने विश्वास राखिन्छ ।

राति सुत्ने समयमा तामाको भाँडामा पानी राखेर विहान उठ्नासाथ उक्त पानी खानुका साथै मुख धुनाले मुखमा कान्ति छाउने गर्छ ।

बचेको पानीलाई कुनै गमलामा हाल्नाले तपाइलको मनोकामना पूरा हुने वास्तुशास्त्रले बताउँछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार