आफ्ना नराम्राे बानीहरू कसरी हटाउने ? जान्रुहाेस्

२०७६ कार्तिक ७, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

सफलता या असफलता भन्रे परिणाम आएपछी मात्र हामीले आफुलाइ मुल्याङ्कन गर्ने गर्छाैँ । त्याेे नतिजालाइ मुल्याङ्कन गर्दा हामीले अहिलेकाे वर्तमान परिस्थिति र परिणामलाइ हेर्छाैँ । तर, वास्तवमा त्याे नतिजा हाम्रा वर्षाैँ देखिका बानीहरूकाे नतिजा हाे ।

आफ्ना नराम्राे बानीहरू कसरी हटाउने ?

सबैभन्दा पहिले त आफ्ना बानीहरूकाे बारेमा विचार गर्नुहाेस् । कुन बानीले तपाइकाे काममा, याेजनामा, लक्ष्यमा, स्वास्थ्यमा, जिवनमा असर गरिरहेकाे छ भन्रे कुराहरू पहिल्याउनुहाेस् । हामीले कहिलेकाही आफुले साेचे अनुसार काम भएन या यत्तिकै स्वास्थ्य बिग्रियाे भन्रे गर्छाैँ ।

तर त्याे दिनसम्म आइपुग्नकाे लागी हाम्रा बानीहरूले भुमिका खेलेकाे हुन्छन् र हामी ति बानीले गरिरहेकाे असर बारे अनभिज्ञ हुन्छाैँ । त्यसैले पहिले आफुलाइ सुधार गर्नुपर्ने या हटाउनुपर्ने बानी कुन कुन भन्रे स्पष्ट रूपमा थाहाँ पाअाैँ । हाम्रा नराम्रा बानीहरू नै हाम्राे सपनाका मुख्य बाधकहरू हुन् ।

त्यसैले जब दिमाग ति नराम्रा बानी तर्फ आकर्षित हुन्छ, त्यतिबेला हामीले उसलाइ लक्ष्य सम्झाउनुपर्छ । यसकाे लागी विभिन्न तरिका अपनाउन सकिन्छ । जस्तै, हरेक दिन राती आफ्नाे डायरीमा आफ्नाे लक्ष्य, आफुले दिनभरीमा गरेका काम, अब गर्नुपर्ने काम र भाेलीकाे समय तालिका लेख्न सकिन्छ ।

आफुलाइ सबैभन्दा बढि प्रेरित गरेकाे भनाइ भित्तामा या आफुले सधै देख्ने ठाउँमा टाँस्न सकिन्छ । काम गर्दै गर्दा, एक्ससाइज गर्दै गर्दा आफुलाइ मन पर्ने कुनै मन्त्र या प्रेरक मतव्य सुन्न सकिन्छ । हरेक दिन आफुलाइ एनामा हेरेर ‘म काे हुँ ? मैले के गरिरहेकाे छु ?’ भन्रे आफैमा प्रश्न गर्नुपर्छ ।

बानी एकै पटक हटाउँछु भनेर सकिँदैन । नराम्राे बानीकाे ठाउँमा राम्राे बानी अपनाउन पनि त्याे राम्राे बानी अलि अलि गर्दै गएर त्यसलाइ विकसित गराउनुपर्छ । एकैपटक मैले याे बानी हटाउँछु भन्रे हाे भने मानसिक दबाब बढ्छ, फ्रस्टेसन हुन्छ र एक/दुइ दिनमै फेरि पुरानै अवस्थामा आइन्छ ।

बिहान आठ बजे उठ्ने बानी हटाउनु छ भने एकै पटक पाँच बजे उठ्ने बसाल्छु भनेर हुँदैन । सुरूमा सात बजे, सात बजेकाे बानी परेपछी छ बजे र छ बजेकाे बानी परेपछी पाँच बजे उठ्ने बानी बसाल्न सकिन्छ । नराम्राे बानी हटाएर राम्राे बानी अपनाउनुकाे फाइदा के ? हरेक दिन एउटा याेजना बनाउनुपर्छ ।

जस्तै कि, ढिलाे उठ्ने बानी छ तर छिटाे उठ्ने बानीकाे विकास गर्नुपर्ने छ । छिटाे उठ्दा आफुलाइ सबैभन्दा फाइदा के कुरामा हुन्छ ? समय अभावका कारण आफुले गर्न नपाएकाे काम कुन छ ? त्याे काम गर्न सकिन्छ । जसले गर्दा त्याे छिटाे उठ्नुकाे पुरस्कार जस्ताे बन्छ र अर्काे दिन फेरी छिटाे उठ्न प्रेरित गर्छ । हाम्राे बानीहरू हाम्राे वातावरणका कारण प्रभावित हुन्छन् । त्यसैले नराम्राे बानी हटाउनकाे लागी आफ्नाे वातावरणमा परिवर्तन ल्याउनुपर्छ ।

जस्तै, चुराेट पिउने बानी हटाउनु छ भने चुराेट पिउने साथीहरूसँग केही दिन टाढा रहने, चुराेट घरमा नराख्ने र बिहान ढिलाे उठ्ने बानी छ भने बिहानकाे आलारम लाग्ने घडी या माेवाइल आफुसँग नजिक नराख्ने, घन्टी सेट गरेर टाढा राख्रे । जस्ले गर्दा त्याे घन्टी बन्द गर्न पनि उठ्न पराेस् । त्यस्तै, सकारात्मक साेच भएका र जिवनमा केही गर्नुपर्छ भन्रे मान्यता राखेर अगाडी बढिरहेका व्याक्तिहरूकाे सँगत गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार